२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सिटी कलेजमा ‘आइटी रोजगार मेला–२०८३’ सम्पन्न

लुम्बिनी सिटी कलेजमा ‘आइटी रोजगार मेला–२०८३’ सम्पन्न

लुम्बिनी सिटी कलेजमा ‘आइटी रोजगार मेला–२०८३’ सम्पन्न

लुम्बिनी सिटी कलेजमा ‘आइटी रोजगार मेला–२०८३’ सम्पन्न

लुम्बिनी सिटी कलेजमा ‘आइटी रोजगार मेला–२०८३’ सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३

  • बुटवल । लुम्बिनी सिटि कलेजमा ‘लुम्बिनी सिटी कलेज आइटी रोजगार मेला–२०८३’ सम्पन्न भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधि क्षेत्रमा अध्ययनरत विद्यार्थी तथा विभिन्न प्रविधि कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


    कलेजले बि.एस्सी. सि.एस्.आइ.टी., बि.सि.ए. तथा बि.आइ.टि.एम. कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई रोजगारी, उद्यमशीलता र व्यावसायिक सीपसँग जोड्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरेको जनाएको छ ।


    मेलामा रुपन्देहीमा स्थापना भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यरत प्रविधि कम्पनीहरू टुना टेक्नोलोजी, इनोभेक्स मिडिया एन्ड टेक, नोभाटेक एन्ड मिडिया, हब आइटी, एबिएस सफ्टवेयर सोलुसन तथा सिन्थबिट प्रालिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी कम्पनीहरूले विद्यार्थीहरूलाई आइटी क्षेत्रका अवसर, आवश्यक सीप तथा रोजगारीका सम्भावनाबारे जानकारी दिएका थिए ।


    कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख गणेश प्रसाद पाठकले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई बजारको मागअनुसारको सीप विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले कलेजले विद्यार्थीलाई आइटी क्षेत्रमा व्यावसायिक रूपमा स्थापित गराउन आवश्यक सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्नुभयो ।


    उहाँले कलेजले पठनपाठनमा मात्र सीमित नभई विद्यार्थीहरूको व्यक्तिगत, व्यवहारिक, व्यावसायिक तथा व्यक्तित्व विकासमा समेत विशेष ध्यान दिँदै आएको बताउनुभयो ।
    सह–क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य, नेतृत्व तथा प्राविधिक क्षमता विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न कलेज निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो ।


    कार्यक्रम बि.सि.ए. तथा बि.आइ.टि.एम. कार्यक्रम संयोजक विशाल कंडेल, बि.एस्सी. सि.एस्.आइ.टी. कार्यक्रम संयोजक सुजन ढकाल, प्राध्यापकहरू तथा कक्षा प्रतिनिधिहरूको समन्वयमा सम्पन्न भएको कलेजले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij