२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

४ जीपीए ल्याएका चारजना सहित न्यू होराइजनका ३२० बढी विद्यार्थी सम्मानित

४ जीपीए ल्याएका चारजना सहित न्यू होराइजनका ३२० बढी विद्यार्थी सम्मानित

उत्तर पुस्तिका जांच गर्ने अहिलेको प्रणालीले विद्यार्थीको लेखाई अनुसार नतिजा नआएको धेरै गुनासा आएकाले यसमा परिमार्जन गरेर थप विश्वसनीय बनाउनुपर्ने औंल्याए ।

४ जीपीए ल्याएका चारजना सहित न्यू होराइजनका ३२० बढी विद्यार्थी सम्मानित

४ जीपीए ल्याएका चारजना सहित न्यू होराइजनका ३२० बढी विद्यार्थी सम्मानित

उत्तर पुस्तिका जांच गर्ने अहिलेको प्रणालीले विद्यार्थीको लेखाई अनुसार नतिजा नआएको धेरै गुनासा आएकाले यसमा परिमार्जन गरेर थप विश्वसनीय बनाउनुपर्ने औंल्याए ।

४ जीपीए ल्याएका चारजना सहित न्यू होराइजनका ३२० बढी विद्यार्थी सम्मानित
शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • बुटवल । एसईईको नतिजामा उच्चतम ग्रेड चार जीपीए ल्याएका चार जना सहित ३२० बढी विद्यार्थीलाई न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवललेसम्मान गरेको छ । 

    विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी, विद्यालयका प्राचार्य, उपप्राचार्य लगायतले विद्यार्थीलाई सम्मान गरेका हुन् । 


    न्यू होराइजनबाट अन्वेशा भुसाल, अपेक्षा गौतम, दिक्षा पाण्डे र संकल्प ज्ञवालीले चार जीपीए ल्याएका थिए । यस्तै  विद्यालयका १३३ जनाले ३.६१ भन्दा बढी जीपीए (ए प्लस), ९६ जनाले ए ग्रेड, ७१ जनाले बी प्लस ग्रेड र १७ जनाले बी ग्रेड ल्याएर उत्तिर्ण भएका थिए । 


    सम्मान कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजूले एसईईमा प्राप्त नतिजालाई सहज रुपमा स्वीकार गरेर विद्यार्थीहरुले कक्षा ११ र १२ मा उच्चतम ग्रेड ल्याउने संकल्प र मेहनत गर्न सुझाव दिए । 
    अध्यक्ष कसजूले उत्तरपुस्तिका जाँच गर्ने प्रणालीलाई कतैबाट प्रश्न र शंका नउठ्ने गरी गरी विश्वसनीय बनाउन सरकारको ध्यान जानुपर्ने बताए । 


    प्राचार्य वासुदेव अर्यालले एसईईमा प्राप्त ग्रेड एउटा पक्ष मात्रै भएको हुंदा  विद्यार्थीमा रहेको ज्ञान, क्षमता आफूसंगै रहेकाले आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउन सकिने प्रष्ट पारे । 


    निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले उत्तर पुस्तिका जांच गर्ने अहिलेको प्रणालीले विद्यार्थीको लेखाई अनुसार नतिजा नआएको धेरै गुनासा आएकाले यसमा परिमार्जन गरेर थप विश्वसनीय बनाउनुपर्ने औंल्याए । कक्षा ११ र १२ र त्यसमाथिको उच्च शिक्षामा पनि न्यू होराइजन अब्बल सावित भएकाले विद्यार्थीले अन्यत्र विकल्प खोज्न नपर्ने उपाध्यायको सुझाव छ । 


    उपप्रचार्य राजीव श्रेष्ठले ३६ वर्ष देखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरेकाले उत्कृष्ट नतिजा हासिल गर्दै आएको र यसपटक पनि पुष्टी गरेको बताए । 
    पर्याप्त भौतिक पुर्वाधार र विद्यार्थीमैत्री वातावरणका कारण अभिभावक र उत्कृष्ट विद्यार्थीको रोजाइ न्यू होराइजन बनेको श्रेष्ठले बताए । 


    कार्यक्रममा चार जिपिए ल्याएकी छात्रा अन्वेशा भुसाल र अस्मिता ज्ञवालीले विद्यालयको सुविधा सम्पन्न पुर्वाधार, आधुनिक प्रविधिमा पठनपाठनका कारण न्यू होारइजनले देशभरमै उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनीहरुले आफूहरु सहित चार जीपीए ल्याएका सबै जना कक्षा ११ र १२ पनि न्यू होराइजनमै पढ्ने निर्णइ गरी भर्ना भइसकेको बताए । 


    कार्यक्रममा अभिभावक सञ्जय ज्ञवाली, भूतपूर्व  विद्यार्थी एवं प्राध्यापक विकास श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका कारण राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत न्यू होराइजनको प्रतिष्ठा उच्च रहेको बताए । 


    कक्षा १० संयोजक प्रकाश गौतमले जीपीए प्रणाली लागू भए यता न्यू होराइजनबाट हालसम्मकै धेरै १३३ जना विद्यार्थीले ३.६१ जीपीए भन्दा माथि अंक ल्याएर उत्कृष्ट नतिजामा अर्को नयां रेकर्ड बनाएको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij