२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरु

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरु

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरु

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरु

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बुटवल । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द छ । यसले यो बिमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । काठमाण्डौ अवतरण गर्न नसक्ने अवस्था आएपछि भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तर्फ डाइभर्ट भएका छन् । 


    विमानस्थल बन्द भएको कारण भैरहवा देखि काठमाण्डौँ र धनगढी देखि काठमाण्डौँ आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।


    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय बिमानस्थल खुल्ला अवस्थामा रहेकोले आवश्यकता अनुसार अन्तराष्ट्रिय बिमानको लागि अवतरण अनुमति दिन तयार रहेको उनले बताए । 


    ‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएका कारण अवतरण गर्न नपाएका विमानहरु गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भई अवतरण भएका छन’ उनले भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरु पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।


    त्रिभुवन विमानस्थल बन्द हुदाँ उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेको केही अन्तराष्ट्रिय विमानहरु भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij