२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यावारिधी (पीएचडी) गर्न गुरु नपाएका  सबैका गुरु बनेका गोपी गुरु !

विद्यावारिधी (पीएचडी) गर्न गुरु नपाएका  सबैका गुरु बनेका गोपी गुरु !

विद्यावारिधी (पीएचडी) गर्न गुरु नपाएका  सबैका गुरु बनेका गोपी गुरु !

विद्यावारिधी (पीएचडी) गर्न गुरु नपाएका  सबैका गुरु बनेका गोपी गुरु !

विद्यावारिधी (पीएचडी) गर्न गुरु नपाएका  सबैका गुरु बनेका गोपी गुरु !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • झपेन्द्र जिसी
    गोपीरमण उपाध्यायको जीवनका विविध आयाम २०८२ मा प्रकाशित ३५० पृष्ठको ग्रन्थ हो ।
    –सातवटा आयाम केन्द्रित यो ग्रन्थमा पारिवारिक –जीवन, शैक्षणिक जीवन,
    –राजनीतिक जीवन, लेखकीय जीवन,
    –सहकार्यको जीवन, जजसको सद्भाव रह्यो, खेलप्रतिको आकर्षण, मप्रति राखिएको सद्भाव र सम्मानहरु अनुक्रमिकामा रहेका छन् ।
    उहाँले ग्रन्थहरुको समालोचनादेखि अनेक पुस्तकहरु प्रकाशन गर्नु भएको छ । उहाँलाई के लाग्छ, आफू के हो जस्तो लाग्छ यो लेखकलाई थाहा छैन । कृतिहरुको अध्ययन गर्दा के देखिन्छ भने पूर्वीय दर्शनमा रहेको द्वन्द्वात्मक भौतिकवादलाई उहाँले माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको साँचोमा ढालेर लेखन र अनुवाद र व्याख्या गर्दा नेपाली राजनीतिक अध्येताहरु लाभान्वित भएको पाइन्छ । जीवनमा आफूले धेरैको संगत र सहकार्य गरे पनि रामचन्द्र चापागाईंले वर्गदृष्टिकोणमा ढाल्न खेलेको भूमिका र क. पुष्पलालसँगको निकट सम्बन्ध र उहाँकै माक्र्सवादी अध्ययन र लेखन पाठशाला बनारसमा (२०२९–२०३२) सम्म प्रवेश भएपछि जीवनको नयाँ मोड आएको र नयाँ क्षितिज उघ्रेको ग्रन्थमा उल्लेख छ । वैषणव प्रभाव रहेको किचनास गाउँ समाज र  वैषणव परिवारमा हुर्के बढेका गोपीजीमा माक्र्सवादी साहित्य अध्ययनले जीवन दर्शनमै परिवर्तन ल्याएको ग्रन्थमा उल्लेख छ ।


    बाबा हरिप्रसाद उपाध्याय र आमा उमादेवी उपाध्यायको कोखबाट २००३ सालमा स्याङ्जा जिल्ला हालको विरुवा गाउँपालिका किचनासमा जन्मेका बालकको न्वारनको नाम गोपीरमण उपाध्याय हो । वैषणम धर्म संस्कार अनुरुप गोपीरमण नाम हुन गएको देखिन्छ । अब तत्कालीन अवस्थामा ग्रामीण क्षेत्रमा प्राथमिक विद्यालय समेत नभएको हुँदा बाबु आमाको बात्सल्य र शिक्षाप्रतिको गहिरो अभिरुचिका कारण आमाले ल्याइदिएको कालो ढुंगा सिलोटमा आमा स्वयंले अक्षराम्भ गरिदिएको ग्रन्थमा उल्लेख हुनुले आमा बाबुले तत्कालीन अवस्थामा कम्तिमा पनि साक्षर भएको देखिन्छ । आमा बाबुले भागवत् भजन गर्नु, अतिथि सत्कार गर्ने सरल व्यवहार भएको ग्रन्थमा पाइन्छ । यसरी २००८ सालतिर आइपुग्दा अर्थात् बाह्रखरी र अंक सबै आफूले जानिसकेको भनी उनले प्रकाश पारेका छन् । त्यसपछि छोरालाई थप शिक्षा प्रदान गर्न तुलसीरमण गुरुलाई घरमै बोलाएर पढाउन लगाउनु भएको हो । त्यो विषयमा आफू अज्ञात रहेको ग्रन्थमा उल्लेख छ । २०११ सालमा मलाई आफूबाटै गुरुकहाँ ज्योषित सिक्न पठाउनुभयो । हाम्रो घरबाट त्यहाँ पुग्न दुई घण्टाको उकालो हिंड्नु पर्ने हुँदा आमाले भैंसीलाई कुँडो पकाउने चुलो मुनि कोदाको ढिंडो ओडालेर खुदोसित खुवाउनुहुन्थ्यो । मेरो सहयात्री साथी दामोदर हुन् । २०१२ सालतिर गावैंमा चक्रबहादुर खाँड  र दण्डपाणी गुरु समेतले पढाउने गरी समुदायले स्थापना गरेको विद्यालयमा पढियो । २०१३ सालमा भने जैसी डाँडाको हाम्री कान्छी फूपूको घरमा बसेर त्यहाँ स्थापित मातृभूमि स्कूलमा ४ कक्षामा म र दामोदर पढ्न थाल्यौं  । रिपका पाखामा अंग्रेजी पढ्न गएको पनि सम्झेका छन्   ।

    उनले पारिपट्टी रातोपाटीको जुलुसले झण्डावाद भनेको पनि सुनेका रहेछन् । झण्डावाद भनेको जिन्दावाद रहेछ । राणाशाहीको अन्त्य होस् र मूर्दावाद पनि भनेका थिए । त्यसै क्रममा एक जना त विद्यालयमै आएर यहाँ सबैभन्दा जाने विद्यार्थी को छ भनी सोध्दा सुरुमा उनी डराए पनि ३ मोहर १ रुपैयाँ पचासको इनाम पाउँदा आफू फुरुङ्ग भएको रोचक प्रसङ्ग पनि छ । इनामले शिक्षाप्रतिको गहिरो अभिरुचि उहाँमा बढ्नु स्वाभाविकै थियो । हाम्रो गाउँ किचनासमा षडशास्त्रका विद्वान नारायणनन्दजी आएर पारि चौतारीमा भागवत गीता प्रचवन दिनुभयो । हाम्रो बाबा जेठा बाबा सबै प्रचवन सुन्न जानुभयो । शिक्षाप्रेमी र राजनीतिक व्यक्तित्वमध्ये पहिलो पुस्तामा दण्डपाणी उपाध्याय, तुल्सीरमण न्यौपाने, जिम्माल एकनारायण, चक्रबहादुर खाँड, हरिप्रसाद शर्मा रहेको र पछिल्लो  पुस्ताका टंकप्रसाद चापागाईं, रामचन्द्र चापागाईं(कम्युनिष्ट नेता), टंकप्रसाद पोखरेल, चन्द्रकुमार उपाध्याय, कल्याणकुमार पोखरेल, ठाकुरप्रसाद पोखरेल र दीपक अधिकारी आदि हाम्रा साझा बारीमा उहाँहरुको प्रेरणा र प्रयासबाट देववाणी विद्यालय स्थापना भएको थियो । हाम्रो वाग्ले खलक र यहाँका गुरुहरुको भागवत गीताप्रतिको अगाध माया र ईश्वरप्रतिको भक्तिभावले गर्दा विद्यालयको नाम देववाणी रहन गएको प्रकाश पार्नु भएको छ ।

     
    हाम्रो परिवारपूर्ण प्रजातान्त्रिक थियो  । स्मरणीय  छ २०१५ सालको संसदीय आम निर्वाचनमा  षडशास्त्री महाराजको आज्ञ बचनलाई  शिरोपर गरी आमाले गोरखा परिषद्लाई बाबाले नेपाली कांग्रेसलाई भोट दिनुभएको थियो । तनहुँबाट कम्युनिष्ट नेता एकदेव आलेको किचनासमा आइजाइ भए पनि उम्मेदवार थिएन । कांग्रेसबाट जगमान गुरुङ्ग उम्मेदवार भएको सम्झना छ भनी प्रकाश पारेका छन् । यसरी नै वाग्ले वंश वृक्षका तुलसीरामका दुई भाइ छोरामध्ये जेठा मोदनाथ शास्त्री र कान्छा दामोदर त आरुबोट सँगसँगै जाने साथी पनि हन् । मोदनाथ शास्त्री चर्चित महाकाव्यकारमा दर्जित छन् । सिम्लेका लालबहादुर लप्टन (मगर) ले आफू पल्टनबाट घर आउँदा ल्याउनु भएको महाभारत बाबाले मागेर ल्याउनुभएछ । बाबाले मलाई सो पुस्तक वाचन गरेर सुनाउन लगाउनु भयो र पटकपटक सुनाएँ । मलाई पनि पौराणिक साहित्यमा अनुराग बढ्दो र ज्ञात पनि भयो ।


    २०१६ सालमा बाबा हरि उपाध्याय आमा उमाको कोखबाट जन्मिएका चार भाइ छोराहरु जेठा बासुदेव शरण, माहिला दुर्गा, साइला स्वयं गोपीरमण उपाध्याय र कान्छा धरणी उपाध्याय हुन् । उनको सिंगो परिवार मात्र होइन, त्यो बेला किचनास ग्रामीण क्षेत्रमा वैषणम संस्कारको पकड रहेछ । त्यसैले वैषणम परम्पराअनुसार नाममा शरण, रमण आदि उल्लेख भएको देखिन्छ  । आमाबाबाको र दाजु बासुदेव शरणको प्रेरणाले गोपीरमणले ग्रामीण क्षेत्रमा बसेर गुरुकुल शिक्षा हासिल गर्नु भयो ।


    जेठा दाजु बासुदेव शरणसँग वृन्दावन र मथुरामा गएर मध्यमा र उत्तरमध्यमा उत्तीर्ण गर्नुभयो भने उच्च शिक्षा भने उहाँले वनारसमा शास्त्री वाणारसेय संस्कृत विश्वविद्यालयबाट र काशी हिन्दुविश्वमा अध्ययन गर्नुभएको हो । एकसाथ दुवै विश्वविद्यालयमा अध्ययन गरे पनि परीक्षा तालिका मिति एकै दिन परेकाले वाणारसेय विश्व विद्यालयबाट शास्त्रीय प्रथम वर्षको परीक्षा दिई पास गर्नु भएको रहेछ । यसरी अर्काे वर्ष शास्त्री द्वितीय वर्षको परीक्षा पास गर्नु भएछ । यसरी अध्ययन गर्ने क्रममा संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य अर्थात् स्नातोकत्तर २०२९ सालमा उत्तीर्ण गरेको लेख्नु हुन्छ । अध्ययनका क्रममा पुस्तक नहेरी कण्ठस्थ अध्यापन गराउने प्रकाण्ड विद्वान् गुरुहरु जगदीश चन्द्र, शिरोमणि गुरु, रणजित गुरुसँग आफू निकै प्रभावित भएको लेख्नु भएको छ । महाकवि वाण भट्टको कादम्बरी, जगदीश गुरुले र नैषध महाकाव्यलाई  रणजित गुरुले सरल ढंगले पढाएको स्मरणमा रहेको हुँदा आचार्य गरेपछि नैषध महाकाव्यमै पीएचडी (विद्यावारिधी) गर्ने सोंच बनाएको थिएँ । तर विद्यावारिधी गर्न कुनै गुरु पाइन । मनको धोका रहयो मनैमा भनेझैं भयो भनी अभिव्यक्त गर्नुभएको छ । काशी हिन्दू विश्वविद्यालय र वाणारसेय संस्कृत विश्व विद्यालय र सन्यासी संस्कृत विश्वविद्यालयमा संस्कृत साहित्यमा गहिरो दखल गर्नु भएका गोपीरमण उपाध्याय अहिले त सबैका गुरुका रुपमा सम्मानित र सम्बोधित हुनुहुन्छ ।


    गुरु गोपीरमणको पुष्पलालको डेरा पाठशालामा भर्ना भएपछि नै द्वन्द्वात्मक भौतिकवादको अध्ययनले नयाँ दर्शन दृष्टिकोण प्राप्त हुँदा जीवन नै वैज्ञानिक लेखनतर्फ मोडियो । 


    आफ्नै गाउँघरे गुरुकुल शिक्षण पद्धतिबाट प्रारम्भिक शिक्षा हासिल गरेका गुरु जेठा दाजु बासुदेव शरणको साथ लागि निम्न माध्यमिक शिक्षा, माध्यमिक शिक्षा र उच्चस्तरीय शिक्षा हासिल गर्न मथुरा वृन्दावन र वनारस जानुभएको र त्यतैबाट संस्कृत साहित्य र पूर्वीय दर्शनमा आचार्य पास गर्नुभएको माथि पनि उल्लेख गरिएको छ ।
    त्यो भेलाको छलफलबाट थाहा भयो गुरुहरु कांग्रेस र युवाहरु कम्युनिष्ट एवम् प्रगतिशील रहेछन् । हुकुमी राणा शासनको अन्त्य गर्ने उद्देश्य सबको एउटै भए पनि पार्टीहरु वा विचारहरु फरक फरक हुँदा रहेछन् भन्ने पनि मलाई थाहा भयो  । समय २००७ साल सेरोफेरोको हो । पारि पाखा डाँडामा एक दिन जुलुस देखियो । एक जनाले आकाशतिर हात उठाएर ठूलो स्वरमा झण्डावाद भनेर भट्याउने र जुलुसले झन् ठूलो स्वरमा झण्डावाद भनेको सुनियो देखियो । रहेछ के भने बहुदलीय प्रजातन्त्र जिन्दावाद र राणाशाही मूर्दावाद !


    स्मरणीय छ वनारसमा रहँदाबस्दा र अध्ययनरतदेखि नै राजनीतिक कखरा सुरु गरेको थिएँ । मैले कांग्रेस र कम्युनिष्टको राजनीति भिन्नताबारे थाहा थिएन । मेरो प्रथम राजनीतिक गुरु प्रदीप गिरी हुनुहुन्थ्यो । तर  वर्गीय राजनीतिक चरित्रबारे बुझेको थिइनँ । 
    २०२६ सालमा वनारसबाट बिदामा घर आउँदा विद्यालयको हिसाब किताबको विषयलाई लिएर ठूलै कचिङ्गल भएको रहेछ, विद्यालयको प्राङ्गणमा भद्र भलादमी जुटेका थिए । मेरा आदरणीय प्रारम्भिक गुरुहरु दण्डपाणी, चक्रबहादुर खाँणलगायत एकातर्फ र अर्काेतर्फ युवाहरुको जमात थियो । युवाहरुको नेतृत्व रामचन्द्र चापागाईंले गर्नुभएको थियो । निचोडमा विद्यालयका गुरुहरुले हिसाब किताब तिर्नु पर्ने भयो । त्यहाँ गुरुहरुप्रति अभद्र व्यवहार गर्ने आवाज उठ्दा मैले सभ्य सभामा अपशब्द कुरा गर्न हुन्न भनेर के मात्र भनेको थिएँ । मलाई पछाडिबाट कुन्नी कसले हो कालो मोसो घसेर जुत्ताको माला लगाइदिए । मैले प्रतिवाद गरिनँ । पछि  गुरुहरुले कालो मोसो घस्नेलाई कारबाहीको माग गरी एउटा उजुरीमा सही गर्न लगाउनु  भयो । मैले अनिच्छापूर्वक सही गरिदिएँ । पछि मेलमिलाप भएछ । 


    पछि रामचन्द्र चापागाईंले मलाई भन्नुभयो – नेपालमा ३ किसिमका राजनीतिक शक्ति छन्  । राजाले नेतृत्व गरेको पञ्चायती शक्ति, बीपीले नेतृत्व गरेको कांग्रेसी शक्ति र पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट शक्ति भनेर अथ्र्याउँदै कार्लमाक्र्स एंंगेल्स लिखित विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्र दिनुभयो । उहाँकै सम्पर्क माध्यमबाट म पुष्पलालको सम्पर्कमा मात्र पुगिन । पुष्पलालकै माक्र्सवादी पाठशालामा पुग्नुका साथै हाम्रो भान्छा पनि २०२९ देखि २०३२ सम्म एउटै बन्यो  । कमरेड पुष्पलालकै सल्लाहबाट म नेपाल फर्किएको हुँ । उहाँ भन्नु हुन्छ ।


    मेरो प्रेरक व्यक्ति र व्यक्तित्वहरु
    राजनीतिक गुरुः समाजवादी चिन्तक र लेखक प्रदीप गिरीबाट मैले वनारसबाट सामान्य राजनीति बुझे ।
    पुष्पलाल माक्र्सवादलाई नेपाली माटोमा प्रथम प्रयोग गर्नु हुने गुरु कमरेड पुष्पलाल नै हुनुहुन्थ्यो  । द्वन्द्वात्मक भौतिकवाद सैद्धान्तिक र सिर्जनात्मक व्याख्या गरेर मलाई प्रेरित र अध्ययन अनुसन्धान र अनुवाद गर्न उहाँले नै लगाउनु भएको हो ।
    किचनासकै रामचन्द्र चापागाईं जसले हुकुमी पञ्चायती कालमा दरभङ्गाबाट कमरेड पुष्पलालको अस्तु÷कलस प्लेनबाट त्रिभुवन एयरपोर्टमा ल्याई आफ्ना कमरेडहरुलाई बुझाउन सफल साहसी व्यक्तित्व रामचन्द्र चापागाईं पनि मेरा प्रारम्भिक माक्र्सवादी गुरुका रुपमा मन मन्दिरमा हुनुहुन्छ ।


    आफूले मदनमणि दीक्षितलाई आधुनिक युगको द्वन्द्ववादी ऋषिमहर्षिको रुपमा अंगिकार गरेको लेख्नु भएको छ ।
    सञ्जय थापा उर्फ प्रदीप नेपालको वाङ्मयअन्तर्गत कविता, गीत, कथा, उपन्यास र नाटक लेखनबाट आफू निकै प्रभावित भएको उल्लेख छ । नख्खु जेल विद्रोह गरी लुम्बिनी क्षेत्रमा भूमिगत नेताका रुपमा आउनु भएका कुशल संगठक प्रदीप नेपाल पार्टी नाम, सिन्धु, आदिले मेरै घरमा संरक्षित हुनुभयो । भुल्न सक्दिन यसरी नै माक्र्सवादको नवीन व्याख्यता एवं जबजका प्रतिपादक मदन भण्डारीको लेखन र व्याख्यानशैली  त अद्वितीय रहेको स्मरणीय छ ।


    जीवराज आश्रित भूमिगत कालमा समेत संगठन विभागको प्रमुख  र कुशल संगठकको रुपमा सुपरिचित क. आश्रित (समीर) सँगको सम्बन्ध पनि अत्यन्त प्ररेक रहयो । भूमिगतकालमै सम्पर्कमा आउनुभएका गोपाल शाक्य (विकास वा विक्रम थापा)लाई पनि अत्यन्त राम्रो माक्र्सवादी चिन्तक, व्याख्याता र संगठक नेता, लुम्बिनीका इञ्चार्जसँग पनि राम्रो बस उठ भयो र क्रान्तिप्रति अगाध प्रतिबद्धता रहेको पाएको हुँ ।  स्मरणीय छ एक पटक गोपीजीले माक्र्सवादसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको रहेछ । उक्त  कार्यपत्रमा ईश्वरसम्बन्धी मिथ्या अवधारणाको चर्चा गर्दै अवतारवादको चिरफार गर्नु भएको छ । राजा र राजतन्त्रको स्थापनापछि ईश्वर र अवतारको सुरुआत भएको द्वन्द्वात्मक भौतिकवादी विश्लेषण गर्नु भएको छ । आदिम कालीन संघ (सामूहिक जीवन पद्धति) सामूहिक यज्ञाग्नि पद्धतिको विघटन भई गृज्ञाग्नि पद्धति अर्थात् व्यक्तिवादी पद्धतिलाई सुरुभएपछि त्यो व्यक्तिवादी जीवन पद्धति÷ उत्पादन पद्धति अन्त्य भई  नयाँ पद्धतिको संरक्षण गर्न राजाको सुरुआत भयो ।  त्यही राजालाई ईश्वरको अवतार भन्न थालियो । यसलाई अवतारवाद भनिन्छ । 


    मोहन वैद्य किरण लेख्नुहुन्छ– यो कार्यपत्रमा गोपीजीले चारवटा पदावली– दर्शन अन्तर्वस्तु, भौतिकवाद र आध्यात्मबाट उल्लेख गर्नु भएको छ । दर्शनलाई हिमाली उपमहाद्वीपमा संयक् दृष्टि र प्राचीन युनानमा ज्ञानको प्रेमको रुपमा प्रयोग गरेकै पाइन्छ । दर्शन भनेको प्रकृति, समाज र चिन्तनको सामान्य ज्ञान हो  । यस्तो ज्ञान सत्य वा मिथ्या कुनै एक प्रकारको हुन सक्छ । दर्शनको वास्तविक उद्देश्य सत्यको प्राप्ति हो । दर्शनको अन्तर्वस्तु मूलतः सामाजिक तथा भौतिक यथार्थमा आधारित हुन्छ । दर्शनको अन्तर्वस्तुअन्तर्गत पदार्थलाई र सामाजिक गतिविधिलाई चेतनाको स्रोत मान्ने अध्यात्मवादी  र पदार्थ  समाजलाई चेतनाको स्रोत मान्ने भौतिकवाद र भौतिकवादी  अर्थात् चेतना र पदार्थलाई गौण मान्नेलाई आत्मवादी भनेर गोपीजीले उल्लेख गर्नुभएको छ । लेखकले दर्शनको अन्तर्वस्तु स्थिर होइन, समाजको विकाससँगै दर्शन पनि विकास हुन्छ । दास युगकोप्रति विधि र मुलुक दर्शन बहुदेवतावादमा आधारित विचार हो । सामन्तवादी युगको प्रतिनिधि विचार एकेश्वरवाद हो । पुँजीवादी युगको दार्शनिक विचार एकेश्वरवाद हो । पुँजीवादी युगको दर्शनको प्रतिनिधिमूलक विचार दर्शन यान्त्रिक भौतिकवाद हो । समाजवादी युगको दर्शन वैज्ञानिक भौतिकवाद हो ।


    लेखकले माक्र्स, एंगेल्स, लेनिनले द्वन्द्वात्मक भौतिकवादको संयक् व्याख्या गर्नु भएको उल्लेख गर्दै समाजवादी युगको वैज्ञानिक दर्शन बाहेक अरु तीनवटा युगका दर्शन विचार शोषणका अस्त्रशस्त्र हुन् । वर्गीय समाज रहेसम्म माथिल्लो वर्गले श्रमिक वर्गलाई शोषण गरिरहने कुरा बडो प्रष्टसँग लेखकले व्याख्या गरेका छन् । यसरी नै राजनीतिज्ञ कम्युनिष्ट नेता झलनाथ खनालले गोपी गुरुको अवधारणापत्र आफैमा एक ऐतिहासिक दार्शनिक रचना हो भन्नु भएको छ । मोहन विक्रम सिंहले गोपीरमण उपाध्यायको लामो समयदेखि महत्वपूर्ण योगदान रहँदै आएको छ । यज्ञाग्नि आधारित सामाजिक जीवन विघटित भएर जब व्यक्तिगत सम्पत्तिमा आधारित गह्याग्निको जीवन प्रारम्भ भयो । यस अवस्थामा  निजी सम्पत्तिलाई संरक्षण गर्न राजा र राज्यको उत्पत्ति भयो भनी गोपीरमणको कार्यपत्रमाथि टिप्पणी गर्दै समर्थन गर्नुभएको छ ।


    युवराज ज्ञवाली माक्र्सवादी दर्शन एवम् पूर्वीय दर्शनका ज्ञाता वामपन्थी बुद्धिजीवी क. गोपीरमण उपाध्यायले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । 
    आफ्नो सम्पर्कमा आएका केही महत्वपूर्ण व्यक्तिहरु  आनन्द भट्ट, क. विष्णु पौडेल,क.घनश्याम भुसाल, क.झपेन्द्र जिसी, क.ऋद्धि प्याकुरेल, क.नेतृत्व पन्थी,डा. बालकृष्ण चापागाईं, विजय पौडेल आदि । यो छोटो लेखमा सबैको नाम उल्लेख गर्न सम्भव भएन । जीवनका विविध आयाम खोजेर पढे राम्रो हुनेछ ।


    दर्शनको क्षेत्रमा गोपीरमण उपाध्यायको योगदान शीर्षकमार्फत् लेखकलाई साझा व्यक्तित्वको रुपमा चर्चा गर्नु भएको छ । पत्रकार ऋषि आजाद, रामचन्द्र श्रेष्ठ र दलबहादुर गुरुङ्गले पनि गोपीजीबारे उच्च मूल्यांकन गर्नु भएको छ ।
    अन्त्यमा गोपी गुरुले नेपाल प्रज्ञा प्रतिष्ठानबाट लेखन  र प्रकाशन गर्नुभएको प्राकृतिक भौतिकवाद सबैभन्दा अमर कृति हो र सबैले पढ्नुपर्ने ग्रन्थ हो भन्ने यो लेखकको पनि ठहर रहेको छ । त्यसो त उहाँले दर्शनका क्षेत्रमा पु¥याउनुभएको योगदान र अन्य रचना पनि उत्तिकै महत्वपूर्ण छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij