२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पामिर एकेडेमीमा बधाई तथा सम्मान कार्यक्रम

पामिर एकेडेमीमा बधाई तथा सम्मान कार्यक्रम

पामिर एकेडेमीमा बधाई तथा सम्मान कार्यक्रम

पामिर एकेडेमीमा बधाई तथा सम्मान कार्यक्रम

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमीले यस वर्षको एसईई तथा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


    यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागीमध्ये १५ जना विद्यार्थीले ए प्लस, ९ जनाले ए र ५ जनाले बि प्लस ग्रेड हासिल गरेका छन् । त्यसैगरी कक्षा ८ को परीक्षामा दुई जना विद्यार्थीले ४ जीपीएसहित सहभागी सबैले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयले सफल सबै विद्यार्थीहरुलाई सम्मानपत्रसहित सम्मान गरेको थियो ।


    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले शैक्षिक गुणस्तर सुधारमा निजी विद्यालयहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अनुशासन, मेहनत र अभिभावक–विद्यालयबिचको सहकार्यकै कारण विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गरे ।


    त्यसैगरी टोल सुधार समितिका अध्यक्ष दुर्गा पाण्डेले समाज परिवर्तनको मुख्य आधार शिक्षा भएको बताउँदै विद्यार्थीहरुलाई अध्ययनसँगै नैतिक शिक्षामा समेत जोड दिन आग्रह गरे । उनले सफल विद्यार्थीहरुलाई निरन्तर मेहनत गर्दै अगाडि बढ्न शुभकामना व्यक्त गरे ।


    विद्यालयका शिक्षा समिति संयोजक वसन्त जोशीले विद्यालयले छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिए । 


    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले नतिजामात्र नभई व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको बताए । उनले विद्यालयको सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास रहेको उल्लेख गरे ।


    विद्यालयका प्राचार्य गोपाल गौतमले विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ काम गरिरहेको बताए । 
    कार्यक्रममा शिक्षक दिपक खनाल, सरिता पाण्डे, विद्यार्थी प्रतिज्ञा सुवेदी, इशा पाण्डे तथा अभिभावकका तर्फबाट राधिका सापकोटालगायतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरुको मेहनत र विद्यार्थीहरुको लगनशीलताका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताएका थिए । कार्यक्रमको अवसरमा सर्वोत्कृष्ट नतिजा ल्याउनेलाई नगदसहित तथा सफल अन्य विद्यार्थीहरुलाई खादा, प्रमाणपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij