२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मन्त्रालय कटौती सकारात्मक

मन्त्रालय कटौती सकारात्मक

मन्त्रालय कटौती सकारात्मक

मन्त्रालय कटौती सकारात्मक

मन्त्रालय कटौती सकारात्मक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • संघीय सरकारले मन्त्रालय कटौती गरी १८ मा झारेको छ । यस अघि संघमा २५ मन्त्रालय थिए । संघीय सरकारले मन्त्रालय कटौती गर्दा आपसमा समायोजन भएका कतिपय मन्त्रालयमा आगामी दिनमा कामको संयोजनमा समस्या देखिनसक्ने जोखिम देखिन्छ । यद्दपी मन्त्रालयको संख्या कटौती अनिवार्य थियो । अब संघको प्रभाव प्रदेशमा देखिन थालेको छ । लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय बनाउने तयारी थालिएको छ । आगामी साउनदेखि यहाँ आठ मन्त्रालय कायम गर्ने र विभिन्न मन्त्रालयका कामविहीन संरचना हटाएर चुस्त बनाउने पनि काम थाल्नु सकारात्मक छ । लुम्बिनी प्रदेशमा अहिले १२ मन्त्रालय छन् ।


    साधन स्रोत र अधिकारले संकुचनमा रहेको प्रदेश संरचनालाई मितव्ययी ढंगले चलाउन थोरै मन्त्रालय, चुस्त मुख्यमन्त्रीको सचिवालय, चालु खर्चमा भारी कटौती अपरिहार्य विषय हो । संघीय सरकारबाट अनुदान पाएर चलेको संरचनामा अनावश्यक खर्च कटौतीमा ध्यान नदिँदा नागरिकले प्रदेश संरचनाप्रति प्रश्न उठाउनु स्वभाविक थियो । प्रदेश स्थापना ताका शंकर पोखरेलको नेतृत्वमा चुस्त मन्त्रिपरिषद् थियो । मन्त्रिपरिषद् ६ सदस्यीय थियो, मुख्यमन्त्रीको सचिवालय सानो थियो । साढे तीन वर्षपछि कुल प्रसादकेसी मुख्यमन्त्री बनेपछि मन्त्रालयको संख्या बढाएर १३ पु¥याइयो । राज्यमन्त्रीसहित १७ मन्त्री भए । मुख्यमन्त्रीको सचिवालयमा १९ जना पुगे । सरकार गठन भएपिच्छे मन्त्रालयको संख्या थपघट हुने प्रवृत्ति मौलायो । मन्त्रालयको संख्या घट्नेभन्दा सरकार टिकाउनका लागि भागबण्डठा पु¥याउन सकेसम्म मन्त्रालयको संख्या बढाउने र मन्त्रीको चित्त बुझाउन उनकै चाहनाअनुसार मन्त्रालयको नाम पनि राख्ने काम भयो । यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्न नसक्दा मनपरीतन्त्र मौलाउँदा नागरिकमा वितृष्णा बढेको स्वीकार गर्न अझै दलहरुलाई कठिन छ ।


    विगतको कुरूप विषयलाई अरु कसैले सुधार गरिदिने होइन्, दलहरुले नै हो । दलहरुले आन्तरिक लोकतन्त्र सबल बनाउँदा, नेतृत्वमा नयाँ पुस्तालाई प्राथमिकता दिँदा विगतका कमजोरी केलाएर अघि बढ्न सक्छन् । अरु कसैले गर्ने विषय लोकतान्त्रिक पद्दती र विषयलाई कमजोर बनाउने विषय हो । 


    स्रोतमा आएको संकुचनका कारण संघीय सरकारले पठाउने बजेटमा भारी कटौती हुने सम्भावना छ । त्यसो हुँदा प्रदेश सरकारको खर्च पुँजीगतभन्दा चालु खर्च बढी हुने जोखिम छ । लुम्बिनी प्रदेशमा झैँ अरु प्रदेशमा पनि मन्त्रालय कटौती हुनुपर्छ । चुस्त सांगठनिक संरचनामा मितव्ययी खर्च प्रणाली अपनाएर नतिजामुखी काम निकाल्ने चुनौतीपूर्ण काम पूरा गर्न सक्दा प्रदेश संरचनाप्रति नागरिकको अपनत्व बढ्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij