२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीप्रति स्थानीयले अपनत्व गर्ने वातावरण बनाऔँ

लुम्बिनीप्रति स्थानीयले अपनत्व गर्ने वातावरण बनाऔँ

लुम्बिनीप्रति स्थानीयले अपनत्व गर्ने वातावरण बनाऔँ

लुम्बिनीप्रति स्थानीयले अपनत्व गर्ने वातावरण बनाऔँ

लुम्बिनीप्रति स्थानीयले अपनत्व गर्ने वातावरण बनाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • लुम्बिनी विकास कोषले  मायादेवी मन्दिर प्रवेश शुल्कमा भारी वृद्धि गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । शुल्क वृद्धिले पार्ने प्रभावबारे विश्लेषण नगरी  र स्थानीय समुदायसँग समन्वय नगरी शुल्क वृद्धि गरेको भन्दै उनीहरुको विरोध भएको हो । त्यसो त स्थानीय बासिन्दा शुल्क वृद्धिको विरोधमा अग्रस्थानमा भए पनि पर्यटन व्यवसायी, भिक्षु भिक्षुणीले पनि असन्तुष्टि जनाएका छन् । शुल्क वृद्धिप्रति सबैको असन्तुष्टि हुने गरी कोषले गरेको निर्णय अहिले कार्यान्वयन गर्न घाँडो भएको छ ।


    कोभिड महामारीपछि पर्यटन क्षेत्र विस्तारै तंग्रिन लागेका बेला जेनजी आन्दोलन र विध्वंश भयो । जेनजी आन्दोलन र विध्वंशपछि पर्यटन क्षेत्रमा मडारिएको कालो बादल अझै फाट्न सकेको छैन । पर्यटकलाई आकर्षक प्याकेज ल्याएर आकर्षित गर्नुपर्ने बेला अत्याधिक शुल्क वृद्धिले पर्यटक आगमनमा आकर्षण थप्न सक्तैन् । कोषले अहिले जुन ढंगले शुल्क बढाएको छ, यो बेमौसमी बाजा हो । नेपाली बाहेक भारतीय, सार्क र तेस्रो मुलुकका तीर्थालु र पर्यटकका लागि प्रवेश शुल्कमा एकैपटक ७५ प्रतिशतसम्म शुल्क बढाइएको छ । भारतीयका लागि २५ प्रतिशत, सार्क र म्यान्मारका लागि ४३ प्रतिशत र तेस्रो मुलुकका लागि ७५ प्रतिशतसम्म शुल्क बढाइएको छ । भारतीयलाई ६४ रुपैयाँ लिँदै आएकामा बढाएर ८० रुपैयाँ, सार्क र म्यानमारकालाई चार सय लिँदै आएकामा बढाएर ७ सय तथा तेस्रो मुलुककालाई ७ सय लिँदै आएकामा बढाएर १ हजार रुपैयाँ पु¥याइएको छ ।  कोषभित्र भाडाका ट्याम्पु ई–रिक्साको प्रवेश शुल्क प्रतिदिन एक सय रुपैयाँ रहेकामा बढाएर दुई सय बनाइएको छ । त्यस्तै विदेशीलाई चलचित्र छायाँकनका लागि ७ सय डलर रहेकामा बढाएर १ हजार डलर पु¥याइएको छ । विदेशीका लागि शुल्क बढाइएको भए पनि नेपालीका लागि प्रति व्यक्ति २० रुपैयाँ यथावत राखिएको छ ।


    सर्वोच्च अदालतले २०६५ मा नै शुल्क नलिनु भनेर आदेश दिइसकेको छ । अदालतको यो आदेशपछि पर्यटक प्रवेश शुल्क नभनी सेवा तथा संरक्षण शुल्क भनेर लिइएको छ । स्थानीय बासिन्दाका अगुवा, पर्यटन व्यवसायी, बौद्ध भिक्षु भिक्षुणीका अगुवासँग परामर्श गरी शुल्क वृद्धिको निर्णयमा पुगेको भए निर्णय कार्यान्वयन सहज हुन्थ्यो । चर्को वृद्धि बढ्दै गयो भने यो निर्णयले नकारात्मक सन्देश जानेछ ।


    लुम्बिनी हाम्रो अमूल्य सम्पदा हो । यो सम्पदालाई प्रयोग गरी हामीले मुलुकको आर्थिक समृद्धिमा जोड्न सकिरहेका छैनौ । पर्यटक बढाउन शुल्क वृद्धिले सघाउ पु¥याउँदैन । गुणस्तरीय र संख्यात्मक ढंगले धेरै पर्यटक नआएसम्म यहाँको पर्यटन व्यवसाय उकास्न कठिन छ । शुल्क वृद्धिको निर्णय पुनःविचार गरी पर्यटन पुनःउत्थान कार्यक्रमअन्तर्गत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न अपरिहार्य छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij