२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

“घाट भत्काएको भनी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण”

“घाट भत्काएको भनी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण”

“घाट भत्काएको भनी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण”

“घाट भत्काएको भनी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण”

“घाट भत्काएको भनी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण”
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • बर्दिया नगरपालिका–३, बर्दियास्थित मदन सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको संरचना हटाइएको विषयलाई लिएर विभिन्न माध्यमबाट फैलाइएका भ्रामक, अतिरञ्जित तथा तथ्यहीन अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ।


    उक्त संरचना “मलामी प्रतिक्षालय” का नाममा निर्माण गरिएको भनिए तापनि व्यवहारमा सो संरचना सोही प्रयोजनमा प्रयोग नभई “निसन पार्क” नामकरण गरी मदिरा सेवन तथा मनोरञ्जनस्थलका रूपमा प्रयोग तथा व्यवस्थापन गर्न खोजिएको तथ्य सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा स्थलस्थितिका दृश्यहरुबाट स्पष्ट देखिएको छ।संरचनास्थल वरपर मदिराजन्य सामग्री छरिएको अवस्था तथा स्थानीयस्तरमा विकसित गतिविधिहरूले समेत यसलाई पुष्टि गर्दछ।


    यसरी वन क्षेत्रको संवेदनशील भू–भागमा गैरकानुनी संरचना निर्माण गरी त्यसलाई वैधता दिन खोज्ने कार्य आफैंमा वन अतिक्रमणलाई संस्थागत गर्ने प्रयास हो। यस्तो अवस्थामा प्रचलित वन ऐन, नियम तथा विद्यमान कानुनी व्यवस्थाअनुसार डिभिजन वन कार्यालय बर्दियाले आफ्नो कानुनी दायित्व र जिम्मेवारी निर्वाह गर्दै संरचना हटाउने कार्य गरेको विषयलाई तोडमरोड गरी सार्वजनिक भ्रम सिर्जना गर्नु अत्यन्त दुःखद र आपत्तिजनक छ।


    झन् जनप्रतिनिधिबाटै तथ्यको गम्भीर अध्ययनबिना संसदजस्तो गरिमामय मंचमा वन अतिक्रमणलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन पुग्ने ढंगले विषय उठाइनु झनै चिन्ताको विषय बनेको छ। कानून कार्यान्वयन गर्ने निकायलाई नै दोषारोपण गर्दै गैरकानुनी संरचनालाई संरक्षण गर्न खोज्ने प्रवृत्तिले समग्र वन संरक्षणको अभियानलाई कमजोर बनाउने खतरा उत्पन्न गर्दछ।


    नेपालको संविधानले परिकल्पना गरेको स्वच्छ तथा सन्तुलित वातावरण कायम राख्ने राज्यको दायित्व, बढ्दो वन अतिक्रमणको चुनौती तथा वन क्षेत्रमाथि परिरहेको चापका बीच डिभिजन वन कार्यालय बर्दियाले अवलम्बन गरेको “वन अतिक्रमण विरुद्ध शून्य सहनशीलता” को नीति अत्यन्त प्रशंसनीय रहेको नेपाल वन प्राविधिक संघ, लुम्बिनीको ठहर छ।


    वन संरक्षण तथा कानून कार्यान्वयनमा देखाएको अडान, साहस र प्रतिबद्धताका लागि डिभिजन वन कार्यालय बर्दिया तथा मदन सामुदायिक वन उपभोक्ता समूह लगायत सबै सरोकारवालाहरुमा नेपाल वन प्राविधिक संघ, लुम्बिनी हार्दिक धन्यवाद व्यक्त गर्दछ।


    साथै, कुनै प्रकारका भ्रम, दबाब वा राजनीतिक प्रभावबाट विचलित नभई वन अतिक्रमण नियन्त्रण तथा गैरकानुनी गतिविधिविरुद्ध थप योजनाबद्ध, प्रभावकारी र कठोर रूपमा अगाडि बढ्न नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेश डिभिजन वन कार्यालय बर्दियालाई अनुरोध गर्दछ।यसरी वनक्षेत्रमा कानुनी प्रकृया बेगर संरचना बनाउन सरकारी बजेट बिनियोजन गरि अनियमितता गर्ने व्यक्तिहरुलाइ कडा कानुनी कार्बाहीका लागि समेत संघ जोडदार माग गर्दछ।वन संरक्षण, जैविक विविधता र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने अभियानमा लुम्बिनी प्रदेशका सम्पूर्ण वन प्राविधिकहरूको एक्यबद्धता रहेको एवं जस्तोसुकै चुनौतीको सामाना गर्न समेत तयार रहेको व्यहोरा यसै बिज्ञप्ती मार्फत जानकारी गराइन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij