२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन्। 

    उनी आफ्ना साथीहरूसँग घुम्न आएका थिए। बुधबार बेलुका अन्दाजी साढे ६ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले खोजतलास जारी राखेकोमा आज बिहान घटनास्थलभन्दा अन्दाजी ५० मिटर तल शब फेला परेको थियो । तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij