२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन स्पोर्ट्स क्लबले मनायो नवौं भलिबल दिवस, प्राचार्यसहित चार जना सम्मानित

न्यू होराइजन स्पोर्ट्स क्लबले मनायो नवौं भलिबल दिवस, प्राचार्यसहित चार जना सम्मानित

न्यू होराइजन स्पोर्ट्स क्लबले मनायो नवौं भलिबल दिवस, प्राचार्यसहित चार जना सम्मानित

न्यू होराइजन स्पोर्ट्स क्लबले मनायो नवौं भलिबल दिवस, प्राचार्यसहित चार जना सम्मानित

न्यू होराइजन स्पोर्ट्स क्लबले मनायो नवौं भलिबल दिवस, प्राचार्यसहित चार जना सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • बुटवल । न्यू होराइजन स्पोर्ट्स क्लबले नवौं राष्ट्रिय भलिबल दिवस मनाएको छ । 
    न्यू होराइजन अंग्रेजी आवासीय माविको आफ्नै भलिबल खेल मैदानमा एक औपचारिक कार्यक्रम गरी भलिबल दिवस मनाइएको हो ।

    सो अवसरमा क्लबले क्लबका संरक्षक एवं विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय र निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारीलाई क्लब र विद्यालयलाई गरेको योगदानप्रति आभार र कृतज्ञता सहित सम्मान गरेको छ ।

    यस्तै क्लबका सल्लाहकार एवं नव नियुक्त प्राचार्य बासुदेव अर्याल र क्लबका कानूनी सल्लाहकार एवं नवनियुक्त उपप्राचार्य राजेश पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मानन गरेको छ ।क्लबका अध्यक्ष चेतन उचै ठकुरी, उपाध्यक्ष बालकृष्ण बस्याल, सदस्य मिलन राना लगायतले चारै जनालाई दोसल्ला ओडाएर कदर पत्र सहित सम्मान गरिएको हो । 

    सो अवसरमा बोल्दै निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजन स्पोर्टस् क्लबका कारण विद्यालयले धेरै खेल प्रतियोगिताहरु निरन्तर जित्दै विद्यालयको गरिमा र प्रतिष्ठा उचाईमा पु¥याउन ठूलो भूमिका खेलेको बताए । उनले खेलाडीहरु खेललाई मात्र नभई अध्ययनलाई पनि बराबर महत्व दिन सुझाव दिंदै खेल र अध्ययनमा सफल हुन अनुशासन मुख्य कुरा हुनेमा जोड दिए ।

    आफू न्यू होराइजन संस्था र स्पोर्टस् क्लबबाट कहिल्यै टाढा नहुने  र प्रत्यक्ष अप्रत्यक्षरुपमा बाहिर रहेर पनि सल्लाह सुझाव र योगदान निरन्तर गरिरहने प्रतिवद्धता जनाउंदै उपाध्यायले स्पोर्टस् क्लबको आजीवन सदस्यता लिने घोषणा गरे । 


     प्राचार्य वासुदेव अर्यालले क्लबले धेरै रचनात्मक काम हरु गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्दै विद्यालय र व्यक्तिगत हिसाबले पनि  सहयोग जारी रहने प्रतिवद्धता जनाए । 


    निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारीले देशलाई चिनाउने खेल भलिबल  भएको चर्चा गर्दै यसको विकासका लागि विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न जरुरी रहेकोमा जोड दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij