२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आयुर्वेद क्षेत्रलाई विश्वसनीय र अब्बल बनाउन जोड

आयुर्वेद क्षेत्रलाई विश्वसनीय र अब्बल बनाउन जोड

आयुर्वेद क्षेत्रलाई विश्वसनीय र अब्बल बनाउन जोड

आयुर्वेद क्षेत्रलाई विश्वसनीय र अब्बल बनाउन जोड

आयुर्वेद क्षेत्रलाई विश्वसनीय र अब्बल बनाउन जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३

  • बुटवल । आयुर्वेद क्षेत्रलाई अझै विश्वसनीय, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश तथा जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनका वक्ताहरूले नेपाली जडीबुटीमा आधारित आयुर्वेदिक उत्पादनको प्रवर्द्धन गर्दै यस क्षेत्रलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन्।


    कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकी ले व्यवसायीले अझै व्यवसायिक लाइसेन्स सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए। उनले मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनको चरणमा लैजान पहल भइरहेको जानकारी दिए। विभिन्न सम्बन्धित संघ–संस्थासँग सहकार्य विस्तार गर्दै आयुर्वेद क्षेत्रलाई बलियो बनाउने अभियानमा संघ सक्रिय रहेको उनको भनाइ थियो।

    IMG_20260523_104334.jpg
    उनले औषधि व्यवस्था विभागले आयुर्वेद क्षेत्रलाई पनि अन्य औषधि व्यवसाय सरह मान्यता दिन थालेको उल्लेख गर्दै यसले व्यवसायीमा सकारात्मक वातावरण सिर्जना गरेको बताए।


    संघका संस्थापक अध्यक्ष उद्द्वब गौतम ले २०५९ सालमा स्थापना भएको संघ लामो संघर्षपछि अहिलेको अवस्थासम्म आइपुगेको बताए। उनले आयुर्वेद क्षेत्रलाई थप सुदृढ बनाउन नयाँ नेतृत्वले व्यवसायीका समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राखे।


    नेपाल आयुर्वेद उत्पादक संघका निवर्तमान केन्द्रीय अध्यक्ष सुमन पाण्डे ले संस्थागत रूपमा बलियो बने मात्र व्यवसाय दिगो बन्ने बताए। उनले चिकित्सकीय धर्म निर्वाह गर्दै व्यवसायी, विक्रेता र चिकित्सकले जनविश्वास कायम गर्नुपर्नेमा जोड दिए।


    नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रीय उपाध्यक्ष बिनोद अधिकारी ले नेपालमा अझै आयुर्वेदिक औषधिप्रति पूर्ण विश्वासको वातावरण बन्न नसकेको गुनासो गरे। नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर औषधि उत्पादन भइरहे पनि सरकारले अपेक्षित ध्यान नदिएको उनले बताए।


    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ का उद्योग उपाध्यक्ष सुरज भट्टराई ले औषधि व्यवसायी र आयुर्वेद व्यवसायीबीच सहकार्यको आवश्यकता औंल्याए। उनले भन्सार, एमआरपी तथा उधारो व्यवस्थापन जस्ता समस्यामा नयाँ नेतृत्वले गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव दिए। उधारो कानुन प्रभावकारी रूपमा कार्यान्वयन भए आर्थिक गतिविधि थप चलायमान हुने उनको भनाइ थियो।


    आयुर्वेद स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष यमलाल भट्टराई ले नेपाली आयुर्वेदिक उत्पादन र बजार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे। क्षेत्रका समस्या समाधानका लागि सरकारमार्फत पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।


    प्रदेश अध्यक्ष देब बहादुर बस्नेत को अध्यक्षता, जिल्ला अध्यक्ष डा. दिपक कुमार धिताल को सहअध्यक्षता तथा रुपन्देही उपाध्यक्ष कृष्ण केसी को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। जिल्ला शाखा रुपन्देहीको आयोजनामा अधिवेशन सम्पन्न भएको हो।

     

    नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा बाबुराम र रुपन्देही अध्यक्षमा कृष्णबहादुर निर्वाचित

     

    नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिको तेस्रो अधिवेशन एकै समारोहमा सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमबाट प्रदेश र जिल्ला दुवै तहमा नयाँ नेतृत्व चयन भएको छ।
    प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका बाबुराम खनाल निर्वाचित भएका छन। जसको उपाध्यक्षहरुमा रुपन्देहीका झबिन्द्र प्रसाद पौडेल र बाकेका भास्कर देबकोटा रहेका छन। सचिवमा कपिलवस्तुका गोपाल प्रसाद बञ्जाडे तथा कोषाध्यक्षमा पाल्पाका शशी खनाल चयन भएका छन। 
     सदस्यहरूमा डिके धिताल, निर्मला पाण्डे, इन्सफिन अन्सारी, देवेन्द्र पौडेल, रमेश अधिकारी र सन्तोष कँडेल रहेका छन। 
    यसैगरी सम्पन्न भएको रुपन्देही जिल्ला समितिको अधिवेशनले कृष्णबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ, जसमा उपाध्यक्षमा विजय सी चौधरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा डा. योगेन्द्र ठाकुर, र सदस्यहरूमा नरेन्द्र पाण्डे, जनक शर्मा र सुमित्रा घिमिरे रहेको निर्वाचन अधिकृत दीपक ढकालले बताए। 
    उक्त समारोहमा उपस्थित वक्ताहरूले आयुर्वेद क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij