२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा साेमबार बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन हुँदै

बुटवलमा साेमबार बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन हुँदै

बुटवलमा साेमबार बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन हुँदै

बुटवलमा साेमबार बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन हुँदै

बुटवलमा साेमबार बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • बुटवल  । नेपाल एकताको प्रतीकका रूपमा परिचित ऐतिहासिक व्यक्तित्व बिसे नगर्चीको पूर्णकद शालिक अनावरण तथा विश्राम गृह उद्घाटन कार्यक्रम सोमबार बुटवलस्थित मणिमुकुन्द सेन फुलवारीमा आयोजना हुने भएको छ।

    “बिसे नगर्ची एकताको प्रतीक नेपाल, बुटवल–रुपन्देही” को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा बिसे नगर्चीको योगदानलाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्य राखिएकोसंस्थाका अध्यक्ष रामबहादुर रणपालले बताए । 

    उनकाअनुसार नेपालको ऐतिहासिक दस्तावेजमा बिसे नगर्चीको उल्लेख पर्याप्त रूपमा नभएकाले उनको पहिचानलाई देशव्यापी बनाउन सातै प्रदेशमा शालिक निर्माण अभियान सञ्चालन गरिएको छ। आगामी पुस्ताले पनि बिसे नगर्चीबारे जानकारी पाउनुपर्ने उद्देश्यले यो अभियान अघि बढाइएको जनाइएको छ।

    इतिहासअनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा नुवाकोट युद्धमा पराजय भोगेपछि बिसे नगर्चीको घर पुगेका थिए। त्यस क्रममा बिसे नगर्चीले जनताबाट एक–एक रुपैयाँ संकलन गरी हतियार खरिद गर्न सुझाव दिएको उल्लेख पाइन्छ। नेपाल एकीकरण अभियानमा उनको योगदान महत्वपूर्ण रहेको चर्चा हुने गरेको छ।

    वि.सं. १७४६ सालमा जन्मिएका बिसे नगर्ची दलित समुदायका प्रतिनिधि पात्र मानिन्छन्। गोर्खा दरबारका गतिविधिमा उनी सल्लाहकार भूमिकामा सक्रिय रहेको बताइन्छ। उनको सम्मानस्वरूप हुलाक टिकटसमेत प्रकाशन भइसकेको वरिष्ठ उपाध्यक्ष लोकबहादुर नेपालीले बताए । 

     साथै, बिसे नगर्चीलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गराउन शिक्षा मन्त्रालयमा डेलिगेसन जाने तथा राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्न माग गर्ने योजना रहेको उनले सुनाए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, जग्गादाता मणिमुकुन्दका अध्यक्ष माधव नेपाल तथा संस्थाका अध्यक्ष रामबहादुर रणपालले संयुक्त रूपमा शालिक र विश्राम गृह उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

    करिब २ कठ्ठा ३ धुर जग्गामा निर्माणाधीन विश्राम गृह तथा शालिक निर्माणमा करिब ३८ लाख रुपैयाँ लगानी गरिएको संस्थाले जनाएको छ। ६ फिट अग्लो शालिक निर्माणमा मात्रै करिब १० लाख रुपैयाँ खर्च भएको र मूर्तिकार महेन्द्र पुनले शालिक निर्माण गरेका हुन्।

    उक्त परियोजनाका लागि जग्गा प्राप्तिपछि पूर्वराजदूत पदम सुन्दासको हातबाट वि.सं. २०७९ असार १५ गते शिलान्यास गरिएको थियो। साथै, “बिसे नगर्ची एकताको प्रतीक नेपाल” संस्था वि.सं. २०७९ मंसिर २५ गते स्थापना भएको हो।

    संस्थाका सचिव नारायण परियारको सञ्चालनमा कार्यक्रमसम्बन्धी जानकारी सार्वजनिक गरिएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij