२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अस्ताए स्वामी विवेकानन्द सरस्वती

अस्ताए स्वामी विवेकानन्द सरस्वती

अस्ताए स्वामी विवेकानन्द सरस्वती

अस्ताए स्वामी विवेकानन्द सरस्वती

अस्ताए स्वामी विवेकानन्द सरस्वती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • बुटवल । दुर्गा पञ्चायन मन्दिर नयाँमिलका पिठाधीश श्री १००८ स्वामी विवेकानन्द सरस्वतीको पार्थिव शरीरलाई आइतबार समाधिस्थ गरिएको छ । स्वामीले शनिबार अपरान्ह पाँच बजे देहत्याग गरेका थिए ।


    २०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिएका उनी शुरुमा खेमराज गैरे नामबाट चिनिए । बाग्लुङबाट पढ्न गुल्मीको दिब्रुङ पुगे । दिबु्रङमा  स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएर खिमानन्द ब्रह्मचारी नामले ख्याति पाए । त्यसपछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यासदीक्षा लिएर रुद्रवेणीको पवित्र तीर्थबाट स्वामी विवेकानन्द सरस्वतीका नामले चिनिए  ।  
    बाल्यकालमै बाआमाले बिहे गरिदिए, तर त्यो विवाह उहाँका लागि बेलविवाहजस्तै थियोे । सानैदेखि साधुको सान्निध्यले वैराग्यले तप्त महापुरुषलाई संसारको बन्धनमा बाँध्न सकिँदैन । घर छाडेर हिंडे ।

     
    सर्वप्रथम स्वर्गद्वारी साधुपरम्पराका  झ्याम्पाली महाराजको सान्निध्य प्राप्त भयो । डहरेमा रहेको गुफामा तपस्या गरिरहेका सन्तको कृपाले वैराग्यको बिउ रोपियो । योगसिद्ध महापुरुष छविलाल गुरुको दर्शनले बागलुङको झुलेनीमा त्यो अङ्कुरित भयो । दुवै सन्तको समाधिपछि स्वामी परमानन्द सरस्वतीको आश्रयमा त्यो फक्रियो । 


    परमानन्द सरस्वती महाराजको गुरुकुलका सुयोग्य सन्त शिष्य आफ्नो आधारभूत तहको अध्ययनपछि वृन्दावन पढ्न गए । त्यहाँ विश्वकै अद्भुत मेधासम्पन्न महामनीषी स्वामी अखण्डानन्द सरस्वतीसँग बसेर वेदान्त र भागवतको श्रवण गरे ।


     वृन्दावनमा अनेक तपोनिष्ठ महापुरुषहरूसँग सङ्गत भयो ।  हरिद्वारमा स्वामी सत्यप्रकाशानन्द स्वामीसँग रहेर वर्षौं साधना गरे  । त्यहाँ रहँदा नेपालमा आफ्नो गुरु भएका  कुरा पनि उठे । उनी स्वयं पुल बनेर आफ्ना गुरुका लागि सन्न्यास गुरु खोजिदिए । यसरी स्वामी सत्यप्रकाशानन्द सरस्वतीले पहिलो शिष्यका रूपमा स्वामी परमानन्द सरस्वतीलाई वरण गर्नमा उनी निमित्त बने । स्वर्गद्वारी झ्याम्पाली महाराजदेखि ऋषिकेशका मस्तराम बाबासम्मको सान्निध्य पाएका आफैंमा सिद्ध महापुरुष हुन् । 


    गुल्मीको सालिमे दहमा वर्षौं एकान्तमा तपस्या गरेर बसेका स्वामी विवेकानन्द भीडदेखि सधैं पर रहन चाहे । शिवधुरीको डाँडामा बसेर आत्मपुराणको साधना गरेको मान्छे जब गुरुको आज्ञाले जनसमूहको सम्पर्कमा आए , त्यसपछि लाखौं भक्त उनका प्रशंसक बने । उनको प्रवचनकला यस्तो अद्भूत थियोे कि  सामान्य मान्छे पनि वेदान्तको रहस्यसित परिचित हुन्थ्यो । 


    दिनभर आश्रमको सेवा गरेर खाली समयमा डाँडामा गएर कविता लेख्न रुचाउँथे  । कोटिहोमहरूमा योगी नरहरिनाथले जब उनको कविता सुने, त्यसबेला उनले मुक्तकण्ठ  प्रशंसा गर्थे ।  स्वामी विवेकानन्दसँग ज्योतिष शास्त्रको पनि अद्भूत ज्ञान थियोे जसको प्रयोग व्यक्तिगत सुविधाका लागि कहिल्यै प्रयोग भएन् । 


    परमानन्द सरस्वतीको देहावसानपछि उनका दुई सुयोग्य उत्तराधिकारीहरू स्वामी ज्ञानानन्द सरस्वती र स्वामी विवेकानन्द सरस्वती सँगसँगै देशभरि धर्मप्रचार र शिक्षाको चेतना फैलाउँदै हिँडे । विभिन्न पुराण र ग्रन्थहरूको प्रवचन गरेर उनीहरूले दर्जनौं ं शिक्षालयहरूको स्थापना र सञ्चालनमा बल पु¥याए । औपचारिक रूपमा उच्चशिक्षाको प्रमाणपत्र पनि लिने इच्छा नगर्ने उनले देशभरि थुप्रै गुरुकुलको स्थापना–संरक्षण–प्रवर्धन गरे  । आधुनिक विद्यालय र क्याम्पसहरूबाट निस्केका सयौं हजारौं छात्रहरू उनको गुन झै सम्झन्छन्  । विशेष गरेर गुल्मी–बाग्लुङ–पाल्पा– अर्घाखाँची– स्याङ्जा–चितवन– तनहुँ– नवलपरासी–रुपन्देही– कपिलवस्तु आदि जिल्लामा उनका हजारौं अनुयायीहरू छन् । उनको देहत्यागपछि श्रद्धाञ्जली र अन्तिम दर्शनका लागि आइतबार हजारौं नयाँमिल दुर्गा मन्दिरमा भेला भए ।


    परमानन्दस्मृति प्रतिष्ठानको स्थापना र सञ्चालनमा उनले महत्वपूर्ण योगदान गरे ।
     परमानन्दसंस्कृत गुरुकुल – रूपाकोट गुल्मी उनकै नेतृत्वमा सञ्चालनमा थियो । परमानन्दसंस्कृत गुरुकुल , देवघाट उनकै छत्रछायाँमा हुर्केको हो । दुर्गावैदिक परमानन्द संस्कृत गुरुकुल, रुपन्देही उनैले जन्माएर हुर्काएर छाडेका छन्  । राम्दीधाम संस्कृत गुरुकुल , पाल्पाको स्थापनामा पनि उनको विशेष भूमिका रहेको छ । २०६० सालतिर गुल्मीबाट  बुटवलको नयाँमिल आएका स्वामी विवेकानन्द नियमित वेदान्त स्वाध्यायप्रवचनमा तल्लीन  थिए  । वैदिक धर्म परिषद् नेपालले उनकै छहारीमा ओत पायो । 
    ब्रह्मलीन महापुरुष महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजज्यूमा हार्दिक श्रद्धासुमन !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij