२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा वन डढेलो नियन्त्रणमा बेवास्ता गर्ने सामुदायिक वन अध्यक्षलाई कारबाही चेतावनी

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनमा बेवास्ता गर्ने सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा पछिल्लो समय वन डढेलोका घटना बढिरहेको उल्लेख गर्दै डढेलो नियन्त्रणमा जिम्मेवार बन्न सरोकारवालालाई आग्रह गरेको हो ।  सूचनामा सम्बन्धित उपभोक्ता समूहहरूले समयमै डढेलोको रिपोर्टिङ, नियन्त्रण तथा व्यवस्थापनमा अपेक्षित जिम्मेवारी र सक्रियता नदेखाएको पाइएको उल्लेख छ।

    कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार कतिपय वन क्षेत्रमा एक दिनभन्दा बढी समयसम्म डढेलो भइरहँदा समेत कार्यालयलाई जानकारी नगराइएको तथा नियन्त्रण कार्यमा बेवास्ता गरिएको पाइएको छ। यस्तो अवस्थामा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित गराउन सम्बन्धित सबै सब–डिभिजन वन कार्यालयलाई निर्देशन दिइएको छ।

    डिभिजन वन कार्यालयले जारी गरेको सूचनामा वन डढेलो नियन्त्रणमा लापरबाही गर्ने तथा घटनालाई गम्भीर रूपमा नलिने अध्यक्षहरूलाई आवश्यक कारबाही र छलफलका लागि कार्यालयको मुद्दा शाखामा उपस्थित गराइने उल्लेख गरिएको छ।

    कार्यालयले वन डढेलोको जोखिम बढिरहेको अवस्थामा सामुदायिक वन उपभोक्ता समूहलाई थप जिम्मेवार र सक्रिय बन्न आग्रह गर्दै आवश्यक जानकारीका लागि कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij