बुटवल ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १७ जना यात्रुको नाम सार्वजनिक गरेको छ ।प्राधिकरणले बुधवार दिउँसो विज्ञप्ति निकाल्दै १७ जनाको नाम सार्वजनिक गरेको हो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । तर नाम भने १७ जनाको मात्र सार्वजनिक गरिएको छ ।मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आसविन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार र नवराज आले छन् ।
यस्तै राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, अद्धव पुरी, यज्ञप्रसाद पौड्याल, पुण्यरत्न शाही, सन्तोष महतो र आरिफ रेडाको पनि दुर्घटनामा मृत्यु भएको छ ।




