२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इबोलाको जोखिम

इबोलाको जोखिम

इबोलाको जोखिम

इबोलाको जोखिम

इबोलाको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • इबोला अफ्रिकी उपमहाद्वीपमा पाइने ओर्थोइबोला भाइरसबाट हुने अत्यन्त संक्रामक रोग हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसले गम्भीर र प्रायः घातक रोग निम्त्याउन सक्छ, जसको मृत्युदर ८० देखि ९० प्रतिशतसम्म पुग्न सक्छ । विश्वव्यापी आवतजावतका कारण नेपाल पनि संक्रामक रोगहरूको उच्च जोखिममा छ । दैनिक हजारौं अन्तर्राष्ट्रिय यात्रुहरू आउने र आप्रवासी श्रमिकहरूको निरन्तर आवतजावतका कारण जुनसुकै क्षेत्रबाट रोग भित्रिन सक्छ ।


    स्वास्थ्य विज्ञ, भाइरोलोजिस्ट र संक्रामक रोग विशेषज्ञहरूले नेपाल इबोलाको एउटै केस पनि सम्हाल्ने अवस्थामा नरहेको बताएकाले जोखिम झनै बढी देखिन्छ  । हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ र इबोला जस्ता अत्यन्त संक्रामक रोग सम्हाल्न तयार छैन । एक मात्र संक्रमित बिरामी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल ठूला अस्पतालमा पुग्यो भने ठूलो विनाश निम्तिन सक्छ । त्यहाँ दैनिक हजारौं बिरामी पुग्ने भएकाले सर्ने जोखिम उच्च रहन्छ । विज्ञहरूका अनुसार इबोला जस्ता रोग सम्हाल्न ‘डेडिकेटेड’ अस्पताल आवश्यक पर्छ । सरकारले हालसम्म इबोला उपचारका लागि कुनै अस्पताल तोक्ने सुरसार छैन । इबोला महामारी नियन्त्रण गर्न सरकारको पूर्व तयारी अत्यन्त बेवास्तापूर्ण छ ।


    विमानस्थल स्वास्थ्य डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सचेत गराइएको छ, तर डाक्टरहरूका अनुसार रोग इन्क्युबेसन (लक्षण नदेखिने) अवधिमा पनि फैलिन सक्छ । इन्क्युबेसन अवधिमा नेपाल प्रवेश गर्ने यात्रुमा इबोलाको लक्षण देखिँदैन । तर यस अवधिमा संक्रमित व्यक्तिले अरूलाई पनि संक्रमण सार्न सक्छ । शंकास्पद बिरामीका लागि बस्तीभन्दा टाढा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यक पर्ने विज्ञहरुले बताइरहेका बेला सरकारले सजगता अपनाएको छैन ।


     संक्रमण फैलिन नदिन विशेष एम्बुलेन्स चाहिन्छ  र चालक तथा सुरक्षाकर्मीलाई तालिम दिनुपर्छ । तर अहिलेसम्म केही पनि भएको छैन । २०१४–२०१६ को इबोला प्रकोपका बेला हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको थियो । उपचार केन्द्र तोकिएको थियो भने सुरक्षा निकायसँग पनि समन्वय गरिएको थियो । त्यो बेलाको पाठ सिकेर डेडिकेटेड अस्पताल बनाउन सरकार चुकेको छ । त्यसो त कतिपय विज्ञहरुले नेपालमा इबोला भाइरस सर्ने जोखिम कम छ  भनिरहेका छन्, तर कुनै पनि विषयलाई कम आक्न हुँदैन । जोखिम कम छ भनेको विषय बेवास्ता र हेलचक्र्याइँ गर्दा जोखिम निम्तिन सक्छ ।


    नेपाली सेनाले कंगोबाट फर्किने शान्ति सैनिकलाई २१ दिन अनिवार्य आइसोलेसनमा राख्ने भएको छ । इबोला प्रभावित मुलुकबाट फर्किएका सैनिकलाई आउनेबित्तिकै कसैलाई भेट्न र घर जान नदिने गरी सेनाले गरेको निर्णय सकारात्मक छ । घर फर्किने सैनिकहरूसँगै इबोला नआओस् भनेर सेनाले स्वास्थ्य मन्त्रालय र संयुक्त राष्ट्र संघसँग मिलेर काम गरिरहेको सैनिक प्रवक्ताले बताएका छन् । नेपाल–भारतबिचको खुला सीमामा निगरानी र सावधानीमा कडाइ गर्दा जोखिम न्यूनीकरण हुनसक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij