२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार छलीका करिब १४ लाख रुपैयाँ बराबरका सामान रुपन्देहीमा बरामद

भन्सार छलीका करिब १४ लाख रुपैयाँ बराबरका सामान रुपन्देहीमा बरामद

भन्सार छलीका करिब १४ लाख रुपैयाँ बराबरका सामान रुपन्देहीमा बरामद

भन्सार छलीका करिब १४ लाख रुपैयाँ बराबरका सामान रुपन्देहीमा बरामद

भन्सार छलीका करिब १४ लाख रुपैयाँ बराबरका सामान रुपन्देहीमा बरामद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी चोरी पैठारी गरिएका करिब १४ लाख ३३ हजार ६०५ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०८३ जेठ ११ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। नियन्त्रणमा लिइएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीनेश बहादुर कुँवरले जानकारी दिए।

    प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरबाट करिब ४० हजार रुपैयाँ बराबरको २०० केजी आँप र वडा नं. ८ कान्छीबजारबाट २४ हजार रुपैयाँ बराबरको चार बोरा कागती बरामद गरिएको छ। यस्तै, झण्डीबजारबाट दैनिक उपभोग्य सामग्री तथा बाइपास क्षेत्रबाट मोटरसाइकलसहित २५ केजी ब्रोइलर कुखुराको मासु बरामद गरिएको प्रहरीले जनाएको छ।

    बेलहियाबाट तरकारी र सुट, पञ्चरत्नटोलबाट हुक्कामा प्रयोग हुने रबर पाइप तथा बुटवल उपमहानगरपालिका–९ आइसीआई पथबाट मोटरसाइकलसहित ठूलो परिमाणमा मोजा र लेडिज ब्रा बरामद गरिएको प्रहरीले जनाएको छ। आइसीआई पथबाट मात्रै करिब ९ लाख ३२ हजार ८०० रुपैयाँ बराबरका १९ हजार ७६९ जोर मोजा र १ हजार ८४० पिस ब्रा फेला परेको जनाइएको छ।

    त्यस्तै, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका तथा शुद्धोधन गाउँपालिका का विभिन्न स्थानबाट मोटरसाइकलसहित ब्रोइलर कुखुरा, धानको बिउ, किराना सामग्री, टायल, सुनका गहना राख्ने बट्टा लगायतका सामग्री बरामद गरिएको छ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सामग्री अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij