२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्रामले उद्योगहरूमा अनुगमनलाई तिब्रता

रामग्रामले उद्योगहरूमा अनुगमनलाई तिब्रता

रामग्रामले उद्योगहरूमा अनुगमनलाई तिब्रता

रामग्रामले उद्योगहरूमा अनुगमनलाई तिब्रता

रामग्रामले उद्योगहरूमा अनुगमनलाई तिब्रता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • परासी । रामग्राम नगरपालिकाले उद्योगहरूमा अनुगमनलाई तिब्रता दिएको छ ।उद्योगहरूको स्थानिय स्तरमा जनगुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन टोली अनुगमन र स्थलगत निरीक्षण गरि अनुगमनलाई तिब्रता दिईएकोे हो ।

    रामग्राम नगरपालिकाको प्रशासकिय अधिकृत रिजबन अहमद अन्सारीको नेतृत्वको टोलीलनगरपालिका भित्र रहेका उद्योगहरूको अनुगमन  र निरीक्षण गरेको टोलीका सदस्य सुमन ज्ञवालीले जानकारी दिए ।

    अनुगमनको क्रममा उद्योगहरूमा सरसफाई नदेखिएको र कामदार दिनुपर्ने सुरक्षा सामग्री नदिएको प्रशासकिय अधिकृत अन्सारीले जानकारी दिए ।उनले उद्योगहरूले सामाजिक सुरक्षामा अबद्वता नरहेको र उद्योगहरूले आवश्यक कागजपत्रहरू नराखेको पाईएको बताए ।

    अनुगमनमा देखिएको समस्या र सरसफाई नदेखिएको र कामदार दिनुपर्ने सुरक्षा सामग्री दिन  र सबै आवश्यक कागजपत्र उद्योगमै राख्न निर्देशन पनि दिएको अन्सारीले बताए ।

    रामग्राम नगरपालिकाको वडा १० मा रहेको गोयल स्पात लिमिटेडमा उद्योगले प्रदुषण मापन नगरेको र उद्योगमा बोरिडको खानेपानीको परीक्षण नियमित नगरेको देखिएको अनुगमन टोलि सदस्य एव वातावरण विज्ञ सुदिप पौडेलले जानकारी दिए ।

    उनले बातावरणिय स्वअनुगमन प्रतिवेदन नभएको र बृक्षारोपण  पर्याप्त नभएको बताए ।प्रदुषण नियन्त्रण गर्ने उचित उपकरण नरहेको  पौडेलले बताए  ।

    कामदारहरूलाई उद्योग संचालकहरू काम लगाउदाँ उनिहरूको स्वास्थ्य ख्यालमा मास्क र चश्माहरू उपलब्ध गराउनुपर्ने तर उद्योग संचालकहरूले कामदारहरूको स्वास्थ्यमाथि खेलवाड गरेको अनुगमनको क्रममा भेटिएको छ । अरूण बेवरेजमा पनि टोलीले अनुगमन गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij