२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण

बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण

बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण

बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण

बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा रहेको पर्यटकीय क्षेत्र बनबाटिकामा लायन्स सिद्धबाबा गार्डेन निर्माण गरिएको छ। ।लायन्स क्लव अफ बुटवल सिद्धबाबाले निर्माण गरेको लायन्स सिद्धबाबा गार्डेनको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको हो।


    सहिद स्मृती पार्क भित्र बनेको गार्डेनको लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ पि नेपालका गभर्नर पिएमजेएफ बलाराम भट्टराई, क्लवका वर्ष ०२५-२६ का अध्यक्ष भुमी प्रसाद सापकोटा, बनबाटिका अध्यक्ष खेमलाल पान्डे लगायतले उद्घाटन गरेका थिए। 


    करिब ६ लाखको लागतमा पार्क निर्माण भएको कार्यक्रम संयोजक आसिम भट्टराईले  जानकारी दिए। 


    उद्घाटन समारोहमा बोल्दै लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ पि नेपालका डिस्ट्रीक गभर्नर पिएमजेएफ बालाराम भट्टराईले बनबाटिकामा लायन्सको नामबाट धेरै कार्य भएको बताउदै पछिल्लो पुस्ताले यहाँ आएर लायन्सको बारेमा बुझ्न सकिने खालको देखिएको तर्क गरे।

    उनले क्लवले सामाजिक उत्तरदायीत्वका कार्यहरु निरन्तर गर्न आग्रह गरे। 


    बनबाटिका अध्यक्ष खेमलाल पान्डेले बनबाटिकालाई सबैको रोजाई बनाउदै अपनत्व दिलाउनको लागि विभिन्न संघसस्थाले विभिन्न बाटिका लगायत निर्माण भईरहेको बताए।  पुरानो लायन्स क्लवपनि सहकार्य गर्न आएकोमा खुसी लागेको बताए। 

    क्लवका अध्यक्ष भुमी प्रसाद सापकोटाले क्लवले सामाजिक कार्यहरु सहित समेत गर्दै आएको बताउदै बनबाटिकामा सबैभन्दा पुरानो क्लवको सहभागीता हुनेगरी पार्क निर्माण गरिएको बताए।

    उनले अहिले गार्डेनको बिचमा विभिन्न कार्यक्रम गर्ने र साईडमा हरियाली बनाउन बृक्षारोपण समेत गरिने बताए। उनले निर्माण गर्न सहयोग गर्ने सबैलाई आभार आम्व्त ब्यक्त गरे ।

    क्लवका सचिव तुल्सिराम न्यौपानेले ०८२ मंसिरमा देखिएको तयारी अनुरुप अहिले फागुन मसान्तदेखि शुरु गरेर बुधबार उद्घाटन गरिएको जनाए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij