२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सिटी कलेजमा अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न

लुम्बिनी सिटी कलेजमा अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न

लुम्बिनी सिटी कलेजमा अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न

लुम्बिनी सिटी कलेजमा अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न

लुम्बिनी सिटी कलेजमा अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • बुटवल । लुम्बिनी सिटी कलेज मा प्राध्यापक तथा कर्मचारीलाई लक्षित गरी आयोजित दुईदिने अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न भएको छ। जेठ १३ र १४ गते सञ्चालन गरिएको कार्यशालामा कलेजका प्राध्यापक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको कलेज प्रशासनले जनाएको छ।

    कलेज परिसरमा सम्पन्न उक्त कार्यक्रम रिसर्च म्यानेजमेन्ट सेलद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमको संयोजन विशाल कँडेल र सुजन ढकालले गरेका थिए।

    कार्यशालाको उद्घाटन कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा. डा. गणेश प्रसाद पाठकले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रमा अनुसन्धानको महत्वमाथि प्रकाश पार्दै अनुसन्धानले ज्ञान अभिवृद्धि मात्र नभई समाजलाई समेत सशक्त बनाउने धारणा व्यक्त गरे। “अनुसन्धानले ज्ञानको वृद्धि मात्र होइन, समाजलाई सशक्त बनाउने कार्य गर्छ,” उनले भने।

    कार्यशालाका प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालय अन्तर्गत अङ्ग्रेजी विभागका प्रा. डा. जीवनलाल सापकोटाले अनुसन्धान पद्धतिको व्यावहारिक पक्षबारे प्रस्तुति दिएका थिए। उनले अनुसन्धानलाई शिक्षणसँग जोडेर व्यवहारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सहभागीलाई मार्गदर्शन गरेका थिए। आधुनिक प्रविधियुक्त अनुसन्धान प्रक्रियाको व्यावहारिक पक्षबारे प्रशिक्षण दिँदै सहभागीलाई प्रयोगात्मक सिकाइमा सहभागी गराइएको थियो।

    कलेजका उपाध्यक्ष तथा प्यारामाउन्ट माविका प्राचार्य प्रा. डा. दामोदर भुसालले धन्यवाद ज्ञापन गर्दै सहभागीलाई अनुसन्धान लेखनमा निरन्तर सक्रिय रहन आग्रह गरे। उनले अनुसन्धानमूलक लेखनले कलेज तथा प्राध्यापकहरूको शैक्षिक प्रतिष्ठा थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा सहायक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले सञ्चालन गरेका थिए। उनले अनुसन्धानमूलक लेखनले उच्च शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

    कलेज प्रशासनका अनुसार, भविष्यमा बीएससी सीएसआईटी, बीआईटीएम तथा बीसीए कार्यक्रमका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई समेत यस्ता कार्यक्रममार्फत अनुसन्धान लेखनमा अभिमुख गराइनेछ। कलेजले यस्ता शैक्षिक अनुसन्धानमूलक कार्यक्रमले सहभागीमा सिर्जनात्मक सोच, विश्लेषणात्मक क्षमता तथा गहिरो अध्ययनप्रति रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij