२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल तरुणद्वारा बुटवलमा निःशुल्क चिसो खानेपानी वितरण

बुटवल तरुणद्वारा बुटवलमा निःशुल्क चिसो खानेपानी वितरण

बुटवल तरुणद्वारा बुटवलमा निःशुल्क चिसो खानेपानी वितरण

बुटवल तरुणद्वारा बुटवलमा निःशुल्क चिसो खानेपानी वितरण

बुटवल तरुणद्वारा बुटवलमा निःशुल्क चिसो खानेपानी वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • बुटवल । बढ्दो गर्मीका कारण सर्वसाधारणले भोग्नुपरेको असहज अवस्थालाई मध्यनजर गर्दै रुपन्देहीको बुटवलमा सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनासहित निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सञ्चालन गरिएको छ।

    नेपाल तरुण दल बुटवल नगर समिति तथा खस्याैली स्नुकर क्लब, रुपन्देहीको संयुक्त आयोजनामा सुरु गरिएको उक्त कार्यक्रमले गर्मीका कारण प्रभावित यात्रु, श्रमिक, सर्वसाधारण तथा दैनिक आवतजावत गर्ने नागरिकलाई राहत पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार २०८३ असार १४ गतेदेखि सञ्चालनमा आएको कार्यक्रम दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म जारी रहनेछ। बुटवलको व्यस्त तथा बढी आवतजावत हुने क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै बुटवल राजमार्ग चौराहा, नयाँ बसपार्क तथा बेलबास क्षेत्र मा निःशुल्क चिसो खानेपानी वितरण गरिने व्यवस्था मिलाइएको छ।

    कार्यक्रमबारे बोल्दै नेपाल तरुण दल बुटवल नगर सभापति सुजन पुनले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै अत्यधिक गर्मीका बेला नागरिकलाई सामान्य राहत दिन कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “अहिलेको अत्यधिक गर्मीका कारण सर्वसाधारण, विशेषगरी श्रमिक, यात्रु र दैनिक कामकाजका लागि बाहिर निस्कने नागरिक धेरै प्रभावित भएका छन्। यस्तै अवस्थामा थोरै भए पनि सहजता प्रदान गर्ने उद्देश्यले हामीले निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सञ्चालन गरेका हौं। यो केवल पानी वितरण मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अभियान पनि हो।”

    त्यसैगरी उपसभापति थमन पुनले सामाजिक कार्यमार्फत नागरिकसँग प्रत्यक्ष जोडिने प्रयासस्वरूप कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे। उनले भने, “समाजमा राजनीतिक संगठनको भूमिका केवल राजनीति गर्नेमा सीमित हुनु हुँदैन, जनताको दुःख–सुखमा साथ दिने र आवश्यक पर्दा सहयोग गर्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही सोचका साथ हामीले गर्मीका बेला नागरिकलाई राहत पुग्ने गरी यो अभियान सञ्चालन गरेका हौं।”

    हाल देशभर अत्यधिक गर्मी बढिरहेको अवस्थामा सडकमा हिँड्ने यात्रु, मजदुर, चालक, विद्यार्थी तथा कामकाजी वर्ग प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। यस्ता परिस्थितिमा समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै मानव स्वास्थ्य र सेवाभावलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

    आयोजक संस्थाले गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउन, स्वास्थ्यप्रति सजग रहन तथा आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने यस्ता अभियानले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै नागरिक र सामाजिक संस्थाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij