२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साउन लागेपछि शेयर बजार पहिलो पटक घट्यो, कारोबार रकम भने तीन वर्षयताकै उच्च

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाण्डाै । साउन लागेपछि लगातार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ विन्दुमा झरेको छ ।

    आज फाइनान्स र होटल बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, माइक्रोफाइनान्स, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज चिर्ख्वा हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज शेयर बजार घटे पनि कारोबार रकम भने तीन वर्षयताकै उच्च भएको छ । आज तीन सय ११ वटा कम्पनीका चार करोड सात लाख कित्ता शेयर १६ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि २०७८ साल भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij