२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फेरि देशमा प्रतिगमनको खतरा

फेरि देशमा प्रतिगमनको खतरा

फेरि देशमा प्रतिगमनको खतरा

फेरि देशमा प्रतिगमनको खतरा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • जेठ १५ गते वंश परम्पराको शासन अन्त्य गरी नागरिकलाई सर्वेसर्वा भएको दिन । जनता रैतीबाट सार्वभौम नागरिक बनेको दिन । सात दसक लामो अथक संघर्षबाट प्राप्त उपलब्धिको खुशीयालीमा उत्सव मनाउने दिन । मुलुकमा २०६५ साल जेठ १५ गते गणतन्त्र स्थापना भएयता मुलुकमा धेरै परिवर्तन भएको छ । गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधान बन्यो । नेपालको संविधान २०७२ ले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रूपमा संस्थागत ग¥यो । गणतन्त्र भनेको संसारको उन्नत शासन प्रणाली हो, जहाँ नागरिकले चुनेका प्रतिनिधिले शासन गर्छन् । ती जनप्रतिनिधि नागरिकप्रति जवाफदेही र जिम्मेवार हुनुपर्छ ।


    २ सय ४० वर्षदेखि वंश परम्परामा आधारित शाहहरुले गर्दै आएको शासनको विधिवत अन्त्यभएपछि  मुलुकको मुहार देखिने संविधान बनेको छ । संविधानमा मुलुकको विविधता प्रतिविम्बित भएको छ । संघीय नेपालको संविधानमा गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता र संघीयता यी चार उपलब्धिका बारेमा प्रष्ट छ । यी चार उपलब्धीको जगमा मुलुकमा विकास र समृद्धिको खाका कोर्न प्रतिबद्ध हुनु नै राजनैतिक र सामाजिक स्थिरताको बलियो आधार हो । संविधानका यी चार उपलब्धिमध्ये कुनै एकलाई चलाउन खोज्ने हो भने आगोको भुङ्ग्रोमा हात राख्नुझैं हो ।


    प्राप्त उपलब्धिको रक्षा र परिष्कृत गर्दै संविधान कार्यान्वयनमा अघि बढ्नुको विकल्प छैन । अहिले संविधान संशोधनबारे बहस चल्न थालेको छ । सरकारले संविधान संशोधनको लागि कार्यदल बनाएर काम थालेको छ । यो कार्यदलले संविधानका चार उपलब्धिलाई चलाउन खोजे मुलुकमा अस्थिरताको बिउ रोपिने जोखिम भएकोले सरकार चनाखो बन्नुपर्छ । संविधान साध्य होइन्, साधन हो । साधनको सही परिचालन गरेर नागरिकका आकांक्षा पूरा गर्ने जिम्मेवारी शासन सञ्चालन गर्ने जिम्मा पाएका राजनैतिक दलको हो । राजनैतिक दल नागरिक आवाज बोल्ने पात्रहरुको संस्था भएकाले उपलब्धिको रक्षा र ती उपलब्धिलाई नागरिकको जीवनशैली बनाउन सधैँ जिम्मेवार हुनुपर्छ । संविधानमा नागरिकका अधिकार लिपिबद्ध भए, संविधानमा लिपिबद्ध भए भन्दैमा ती आफैँ कार्यान्वयन हुने होइनन् । संविधानको सही कार्यान्वयनले नै नागरिकले प्राप्त अधिकार उपभोग गर्न पाउने हुन् । संविधानअनुसार कानुनी प्रबन्धको अभावमा संघीय लोकतान्त्रिक गणतन्त्र पर्याप्त ढंगले संस्थागत भएको छैन । आवश्यक कानुनी प्रबन्ध गरी व्यवस्थालाई संस्थागत गर्न सक्दा नै नागरिकले अपनत्व गर्न सक्छन् । नागरिक आकांक्षा पूर्ति हुनसक्छ ।


    जेनजी आन्दोलन र विध्वंशपछि चुनावबाट नयाँ नेतृत्व आएको छ । यो नेतृत्वप्रति अपेक्षा, आशा र केही आशंका छन् । सरकारले नागरिकका अपेक्षा र आशा पूरा गर्न जिम्मेवार भूमिका देखाउनुपर्नेमा आशंकाको बाटो रोजेको छ । संसदबाट प्रधानमन्त्रीको रोजाई संसद छैन । कानुन निर्माण संसदबाट नभई अध्यादेश ल्याएर संसदलाई ताली बजाउने ठाउँ बनाउनु गलत हो । दुई वटा संसदको सत्र चलिसकेका छन् । प्रधानमन्त्री संसदमा बोल्दैनन् । लोकतन्त्र पारदर्शी शासन भएकाले नागरिकले सरकारले गर्न लागेको कामबारे थाहा पाउनुपर्छ । गणतन्त्रमा नागरिक सर्वेसर्वा हुन्छन्, त्यसैले नागरिकको आकांक्षा पूर्ति गर्न निर्वाचित जनप्रतिनिधिका हरेक गतिविधि पारदर्शी हुनुपर्छ, यो अपेक्षाप्रति बेवास्ता गर्ने प्रवृत्तिले अन्ततः व्यवस्थालाई कमजोर बनाउने छ, त्यसैले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ । प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका प्रधान हुनुपर्छ । निर्वाचित जनप्रतिनिधि उत्तरदायी बन्दा नै गणतन्त्रप्रति नागरिकले अपनत्व गर्ने आधार खडा हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij