२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भब्य बन्यो हिमांशु डिजाइनर रनवे–६, कल्पना भइन् विजेता

भब्य बन्यो हिमांशु डिजाइनर रनवे–६, कल्पना भइन् विजेता

भब्य बन्यो हिमांशु डिजाइनर रनवे–६, कल्पना भइन् विजेता

भब्य बन्यो हिमांशु डिजाइनर रनवे–६, कल्पना भइन् विजेता

भब्य बन्यो हिमांशु डिजाइनर रनवे–६, कल्पना भइन् विजेता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • बुटवल । नेपाली कला, संस्कृति र आधुनिक फेसनको आकर्षक संगमका रूपमा द हिमांशुज डिजाइनर रनवे सिजन–६ बुटवलमा सम्पन्न भएको छ ।

    हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले हायात होटलमा गरेको भब्य कार्यक्रममा नेपाली मौलिक पहिचान, सिर्जनात्मक फेसन र युवा डिजाइनरहरूको प्रतिभा एकै मञ्चमा देखिएको थियो ।


    कार्यक्रमको ‘कल्चर राउन्ड’ विशेष आकर्षण बनेको थियो । नेपालका विभिन्न जातजातिको पहिचान झल्किने मौलिक पोशाकमा मोडेलहरू र्याम्पमा उत्रिएका थिए । मगर, गुरुङ, थारु, नेवारीदेखि विभिन्न जाती र समुदायका सांस्कृतिक पहिरनले नेपाली समाजको परम्परा, रितिरिवाज र बहुसांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो ।

    पुरानो संस्कृतिमा आधुनिक डिजाइनको समिश्रण गरेर तयार गरिएका पहिरनले दर्शकलाई विशेष आकर्षित गरेका थिए ।
    कार्यक्रममा १२ जना डिजाइनरले आफूले तयार पारेका नयाँ तथा सिर्जनात्मक फेसन प्रस्तुत गरेका थिए । उनीहरूले विभिन्न चरणमा पुरुष र महिला मोडेलमार्फत आफ्ना डिजाइन प्रदर्शन गरेका थिए ।

    कल्चर राउण्ड, ‘ब्राइडल राउन्ड’, ‘पार्टी वेयर’ र ‘बेबी राउण्ड’ लगायतका थिममा तयार पारिएका पहिरनले नेपाली फेसन क्षेत्रमा नयाँ सम्भावनाको संकेत गरेका थिए । 

    फेसन पारखी दर्शकहरू मोडेलले प्रस्तुत गरेका आकर्षक डिजाइनको फोटो र भिडियो लिन व्यस्त देखिन्थे । 

    कार्यक्रममा सहभागी महिला अगुवा भगवती पाण्डेले बुटवलमा यो स्तरको फेसन डिजाइन प्रदर्शनको कायर्यक्रम हुनु सिंगो लुम्बिनी प्रदेशको गौरवको विषय भएको बताइन् । 

    प्राध्यापक राजेन्द्र कुँवरले यस्ता कार्यक्रमले नेपाली भेषभूषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक सोचको विकास गराउने उल्लेख गरे ।


    कार्यक्रममा तालिम पूरा गरी ग्राजुएट भएका डिजाइनरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै ‘स्टुडेन्ट अफ द मन्थ’ अवार्ड प्रदान गरिएको थियो । 


    प्रतियोगितामा कल्पना सुवेदी प्रथम भइन् भने आशा पुन बुढाथोकी दोस्रो तथा दिव्य बालाल तेस्रो भएका थिए ।

    678A7855.jpg
    undefined

    यस्तै  ‘मल्टिमिडिया विनर’को उपाधि दिव्य बालालले प्राप्त गरिन् भने ‘भ्यूअर्स च्वाइस विनर’ कल्पना सुवेदी र ‘पिपुल्स च्वाइस विनर’ आशा पुन बुढाथोकी घोषित भए ज। । कार्यक्रममा फेशन डिजाइनरहरू बिनिता राना, धनमती सुनार, यानुका सारु, सिमरन श्रेष्ठ, सर्मिला बम्रेल, मनिषा घर्ती मगर, आशा पुन, आरती कर्ण, सुष्मा गुरुङ र  सिर्जना गुरुङले पनि उत्कृष्ट डिजाइन प्रस्तुत गरेका थिए ।

    SJ__7359.jpg
    undefined


    प्रशिक्षार्थी फेसन डिजाइनरहरुको कला र क्षमताको प्रोत्साहनका लागि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले हरेक वर्ष डिजाइनर रनवे प्रतियोगिता गर्दै आएको संस्थाकी सञ्चालक हिरा पेग्नी मगरले बताइन् । 


    यस्तो कार्यक्रमले नयाँ तथा उदाउँदा डिजाइनरलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनको भनाई छ । कार्यक्रममा डा. तारा प्रसाद गिरीले यस्ता कार्यक्रमले फेसन डिजाइन व्यवसाय र सिर्जनशीलतालाई प्रवद्र्धन गर्ने बताए ।  

    कवि यज्ञलाल सुवेदीले कविता वाचनमार्फत हिमांशु बुटिकले गरेको फेसन डिजाइनमा गरेको योगदानको सराहना गरेका थिए । कार्यक्रम सञ्चालन रेशम न्यौपानेले गरेकी थिइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij