२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बन्धक बनाइएका चार सय ५३ जना नेपालीको उद्वार

बन्धक बनाइएका चार सय ५३ जना नेपालीको उद्वार

बन्धक बनाइएका चार सय ५३ जना नेपालीको उद्वार

बन्धक बनाइएका चार सय ५३ जना नेपालीको उद्वार

बन्धक बनाइएका चार सय ५३ जना नेपालीको उद्वार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • भैरहवा 
    भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा आकर्षक जागिर र सुखद भविष्यको प्रलोभनमा परेर महिनौँदेखि बन्धक बनाइएका ४ सय ५३ जना नेपाली युवायुवतीहरूलाई उद्धार गरिएको छ ।


    भारतीय प्रहरी, नेपाल प्रहरी, किन इन्डियालगायत विभिन्न सरोकारवाला निकायको सहकार्यमा संयुक्त अपरेसनमार्फत् सुरक्षित उनीहरुलाई उद्धार गरी भैरहवा ल्याइएको हो ।


    भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ नेपालीलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखेर छानबिन सुरु गरिएको छ । यसरी ल्याइएकामध्ये कति जना पीडित र कति जना पीडक हुन भनेर छुट्याउन शनिबार दिउँसोबाट छानबिन थालिएको हो । भारतबाट आठ वटा बसमा सिधैं जिल्ला प्रहरी पु¥याइएका उनीहरुलाई पालैपालो बसबाट उतारेर अनुसन्धान भइरहेको छ ।
    प्रहरीले पीडितलाई आफन्तको जिम्मा लगाउने र पीडकमाथि थप अनुसन्धान गरिने जनाएको छ । शनिबार मध्यान्ह उनीहरुलाई कुशीनगरबाट बेलहिया नाका हुँदै नेपाल ल्याइएको थियो ।


    भारतस्थित नेपाली दूतावासको पहल र समन्वयमा नेटवर्किङ विजनेशको कार्यालयबाट उनीहरुलाई उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीसँगै दूतावासका कर्मचारी पनि रुपन्देही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीले नेटवर्किङ मार्केटिङका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको जनाए । उद्धारका लागि उत्तर प्रदेश सरकारले पनि सहयोग गरेको उनको भनाइ छ ।


    दूतावासका काउन्सेलर पब्लिक अफेयर्स नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले ६ महिनासम्म अध्ययन गरेपछि उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसित समन्वयमा उद्धार कार्य सफल तुल्याइएको बताए । उद्धार कार्यमा किन इण्डिया संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । मनग्गे कमाई हुने प्रलोभन देखाएर नेटवर्किङ मार्केटिङमा लगाउने र पछि आफूले भने बमोजिम नभएमा त्यहाँ पुगेका युवालाई मानसिक तनाव दिने गरेको उनले बताए । यसका सञ्चालन कर्ता र पीडित दुबै नेपाली पाइएको उनले बताए । खासगरी सीमाबाट नजिक रहेका भारतीय शहरमा यस्तो काम भइरहेको उनले बताए ।
    किन इण्डिया संस्थाका नवीन जोशीले उक्त संस्थामा आबद्ध नेपालीको अवस्थाबारे पटकपटक रेकी गरेपछि मात्र उद्धार गरिएको बताए । एउटै कोठामा १५–१६ जनासम्म सुताइएको र गर्मीमा राहत पुग्ने कुनै आधार नरहेको उनले बताए । ‘सुरुमा धेरै पैंसा कमाउने प्रलोभन दिएर नेपालका विभिन्न जिल्लाका बासिन्दालाई कुशीनगर लग्ने गरिएको थियो,’ उनले भने–‘त्यहाँ पुगेपछि तालिम दिने र थप आफन्त बोलाउन दबाब दिने गरेका थिए ।’


    सञ्चालकको चाहनाअनुसार नभएको खण्डमा मानसिक दबाब दिएर पीडित तुल्याउने गरेको उनले बताए । उक्त संस्थाबाट उम्किएका व्यक्तिको गुनासोपछि उद्धारका लागि पहल गरेको उनले जनाए ।
    यसअघि आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पु¥याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरु गरेको थियो । नेपाल प्रहरीको अपरेसनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गरेका थिए । गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पु¥याउने र त्यहाँ प्रतिव्यक्ति ७ हजार भारतीय रुपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेका थिए ।
    कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए । ‘त्यही सूचनाका आधारमा पिछा गरेर बन्धक बनाएर राखिएको स्थल पत्ता लागेपछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो,’ उनले भने–‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।


    प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । ‘चार दिनको निरन्तर प्रयासपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गर्न सफल भएका छौं,’ उनले भने–‘नेपालका विभिन्न जिल्लाबाट त्यहाँ पु¥याएर प्रतिसदस्य १ लाख भारतीय रुपैयाँ शुल्क लिएर सदस्यता बिस्तार गर्ने र सदस्य बन्न नसक्नेहरूको परिवारलाई धम्क्याएर रकम असुलीको प्रयास गर्ने गरेको देखिएको छ ।’ जागिरको प्रलोभनमा त्यहाँ पु¥याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij