गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ धर्मपुर माध्यमिक विद्यालयमा अभिभावकसँग मन्टटेश्वरी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मन्टेश्वरीमा आधारित बालमैत्री तथा व्यवहारिक सिकाइ प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा धर्मपुर माध्यमिक विद्यालयका अभिभावकहरुलाई सहभागी गराइएको थियो ।
मन्टेश्वरी शिक्षक तथा प्रशिक्षक पासाङ्ग सिञ्जालीको परिकल्पनामा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रमले सामुदायिक विद्यालयहरूलाई स्थानीय स्रोत–साधनहरूको अधिक्तम प्रयोग गरेर कम लागतमा मन्टेश्वरी विधि कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । उक्त कार्यक्रमले अभिभावकीय भावनाको विकास गर्दै अभिभावकहरूलाई मन्टेश्वरी शिक्षा, बालमैत्री वातावरण तथा विद्यालय–घर सहकार्य गर्नमा सहयोग पु¥याउने प्रशिक्षक सिञ्जालीले विश्वास गरे ।
विशेषगरी प्रयोगमा आधारित सञ्चालन गरिएको उक्त तालिमा सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन प्रशिक्षक सिञ्जालीले शिक्षकहरुलाई प्रशिक्षण दिनेछन् । हरेक सामुदायिक विद्यालयहरुमा बालमैत्री शिक्षण सिकाईलार्ई प्रभावकारी बनाउन स्थानीय तहको आर्थिक सहयोगमा व्यबसायिक तालिम सञ्चालन गरिने योजना रहेको प्रशिक्षक सिञ्जालीले बताएका छन् ।
मोन्टेश्वरीमा आधारित ई सि डि व्यावहारिक प्रशिक्षण पाइलट कार्यक्रमअन्तर्गर्त सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रमपश्चात् १० जना प्रशिक्षार्थी शिक्षकहरुलाई विद्यालयको कक्षाकोठामा आधारित अभ्यास तथा प्रशिक्षण एकीकरण (ऋबिककचययm–दबकभम उचबअतष्अभ ( तचबष्लष्लन ष्लतभनचबतष्यल) योजनालाई प्रयोगमा लिइने छ ।
विशेषगरी अभिमुखीकरण कार्यक्रमले स्थानीय श्रोत साधनहरुको अधिक्तम उपयोग गरेर शैक्षिक सामग्रीको निर्माण र विद्यार्थीहरूसँगै प्रत्यक्ष अभ्यास गर्दै कक्षा व्यवस्थापन गरी विद्यालयको शैक्षणिक कार्यकलापलाई प्रभावकारी बनाउने विधि सिकाइने छ । उक्त अभिमुखीकरण कार्यक्रममा सत्यवती ३ ठूलो लुम्पेकका १० सामुदायिक विद्यालयका १० शिक्षकहरु समेत सहभागि रहेका छन् भने ७ जना स्थानीय महिलाहरुलाई निःशुल्क मन्टेश्वरी तालिममा सहभागी गराइएको छ ।
यस तालिम पश्चात सत्यवती गाउँपालिका भरिनै मन्टेश्वरी प्रणालीमा आधारित बालमैत्री शिक्षण सिकाइ तालिम सञ्चालन गर्न सत्यवती गाउँपालिकाले आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्था गरी आर्थिक तथा संस्थागत सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।




