२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालले भारतको भूमि मिच्यो भन्छन् !

नेपालले भारतको भूमि मिच्यो भन्छन् !

नेपालले भारतको भूमि मिच्यो भन्छन् !

नेपालले भारतको भूमि मिच्यो भन्छन् !

नेपालले भारतको भूमि मिच्यो भन्छन् !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • झपेन्द्र जिसी
    यो कुरा भारतले भनेको होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको पनि होइन । अहिलेसम्म भारतीय राज्य र सरकारबाट यस्ता अभिव्यक्ति र दाबी प्रत्यक्ष रुपमा सुनिएको छैन । भित्रभित्रै कसौंडीमा खिचडी पाकेको छ भने पनि अरुले जान्ने कुरा भएन ।


    नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति आफूलाई नेपाली हुँ भनेर नेपाली जनताबाट १८२ सीट संसदमा जिताएर प्रधानमन्त्री पदमा रहेका बालेन्द्र शाह बालेनको हो ।  २०८३ साल जेष्ठ १७ गते आइतबार नेपालको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा बालेन्द्र शाहले सगौरवका साथ भने भारतले मात्र होइन नेपालले पनि विभिन्न ठाउँमा भारतीय भूमि मिचेको छ । नेपाली भूमि लिपिम्याधुरा, कालापानी र लिपुलेक । पदमा अर्याललगायत सांसदहरुले भूमि फिर्ता गर्न के पहल र प्रयास भएका छन् भन्ने प्रश्नको उत्तरमा बालेन यस्तो उत्तर दिए !
    अहिलेसम्म कसैले गरेको थिएन । नेपालले भारतको भूमि मिचेको छ भन्ने सवाल वा अभिव्यक्ति दिने हिम्मत बालेनले संसदमा कसरी गरे ? 


    घण्टीमा मतदान गरेका बुझकारी देशभक्त युवाहरु आश्चर्य चकित परेका छन् । यस्तो भनाइ त षड्यन्त्रमूलक, राष्ट्रद्रोही नै देशलाई सिक्किमीकरण गर्ने चालबाजी जस्तो देखियो  भन्दैछन् । उनीहरु भन्दैछन्–केही दिन पहिले परराष्ट्रमन्त्री शिशिर खनालको कार्यकक्षमा परराष्ट्र मन्त्रालयमा अन्य विषयमा कुरा गर्न जाँदा मन्त्री शिशिर खनालले नेपालले पनि भारतको सीमा मिचेको भनेका थिए । त्यही कुरा आज प्रधानमन्त्रीले सांसदहरुले सोधनी गर्दा नेपालले पनि भारतको भूमि मिचेको छ ठाडै भन्नुले यो सरकारकै दृष्टिकोण रहेछ भन्ने अहिले छर्लङ्ग भएको छ  । यो भनाइ यो लेखकको होइन यो त आफूलाई अब्बल दर्जाकै जेनजी भन्नेहरुकै भनाइ हो ।

     
    प्रिय देशभक्त नेपालीहरु ! हिजो भोट घण्टीमा वा अन्यत्र जहाँ दिएको भए पनि राष्ट्र खतरामा छ, देशको अस्तित्व विश्वमान चित्रमा पुर्खाले लडेर निर्माण र संरक्षण गरेको नेपाल रहने हो कि मेटिने हो भन्ने दुःखद अवस्था सिर्जना भएको छ । यो अवस्था सिर्जना हुनुमा अरुको भनाइ र गराइ होइन, स्वयं प्रधानमन्त्री बालेन्द्र साहको हो ।  


    संसदीय प्रणालीमा राज्यको कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ । नेपालको संविधान २०७२ ले नेपाल राष्ट्र सम्मानित सर्वाेच्च पदाधिकारी राष्ट्रपतिलाई मानेको छ । यस्तो भए पनि राज्यको प्रमुख वा अधिकारको कार्यान्वयन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छ । संसदमा दिइने अभिव्यक्ति संविधान, राष्ट्र, संसद राज्य र देशको अभिव्यक्ति हुने गर्दछ । यस्तो अभिव्यक्ति नेपाली जनताको भावना अनुकूल पनि हुनुपर्दछ । देश भनेको जनता हो र जनता भनेको देश हो । यस्तो भनाइलाई मिठो संगीत स्वर दिएर गायक र गीतकार, संगितकार रामेशको सम्झना भइरहन्छ । 


    प्रश्नहरु अहिले अनगिन्ती उठिरहेका छन् । यी बालेन नेपालका प्रधानमन्त्री त हुन्, तर नेपाली हुन् कि होइनन् ? देश भक्तिपूर्ण भावना छ भन्ने आधार भएन । प्रतिपक्ष सांंसदले संसद आरम्भ भएको दिनदेखि नै प्रधानमन्त्री संसदमा उपस्थित भएर हाम्रा र जनताका जिज्ञासाको जवाफ दिनु प¥यो भनेर माग गरिरहे । तर सत्ता पक्षले प्रतिपक्ष संसदको होहल्ला गरे भन्ने आरोप लगाए । तर सभामुख डोलेन्द्र अर्याल र  सत्ता पक्ष सांसदहरुले प्रतिपक्ष सांसदहरुले होहल्ला र वितण्डता मच्याएर संसदमा अवरोध खडा गर्नु अशोभनीय हुन्छ भनेर जिकिर गरिरहे । 


    प्रधानमन्त्री बालेन कस्तो बोल्छन्, आवाज र स्वर कस्तो छ भन्ने जिज्ञासा आम जनतामा थियो । एक्कासी मिलिक्क सांसदमा आएका प्रधानमन्त्रीले त ठाडठाडै भनिदिए–नेपालले पनि भारतको भूमि मिचेको छ । कस्तो गजबको अभिव्यक्ति ! जगतले कतिको पत्यायो होला ! भारतीय शासक गुटलाई त उनको अभिव्यक्तिले अवश्य नै बल पु¥यायो । 


    अहिले प्रश्नहरु छ्याप्छ्याप्ती जनजनमा उठिरहेको छ– बोलेन भन्ने मान्छे कुन देशका हुन् ? नेपालका प्रधानमन्त्री हुन् कि भारतका ?


    अन्त्यमा उनलाई नेपाली भूमि, राष्ट्र, राष्ट्रियता, देश र जनताको कुनै चिन्ता र चासो छैन । त्यसैले देशमुखी होइन विदेशमुखी अभिव्यक्ति आइरहेका छन् । त्यसैले त सुकुम्वासीको घरघरमा डोजर नाचे, बालेन ¥याप गाए । त्यसो जेनजी आन्दोलनका नाममा अगुल्ट बोकाएर निहत्था बाबु नानीलाई दौडाए, मराए । यता सञ्चार मिडियाको मुख थुन्नकै लागि अब उप्रान्त सरकारी कार्यालयहरुले विज्ञापन सरकार नियन्त्रित गोरखापत्र, दि राइजिङ नेपाल, नेपाल टेलिभिजनबाट प्रकाशन र प्रसारण गर्ने गरी हुकुम दिए । 


    उनी को हुन् ? कस्ता हुन् ? लायक, नालायक छुट्टयाउने जिम्मा अब नेपाली जनताको हातमा नै छ । बुझे हुन्छ ! धन्यवाद । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij