२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसद सत्तापक्षको कि प्रतिपक्षको ?

संसद सत्तापक्षको कि प्रतिपक्षको ?

संसद सत्तापक्षको कि प्रतिपक्षको ?

संसद सत्तापक्षको कि प्रतिपक्षको ?

संसद सत्तापक्षको कि प्रतिपक्षको ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • संसदीय व्यवस्थामा संसदलाई प्रतिपक्षको भनिन्छ । प्रतिपक्षले आवाज उठाएर सरकारको खबरदारी गर्ने भएकाले यो व्यवस्थालाई लोकतान्त्रिक मानिन्छ । सभामुखको रूपमा दमननाथ ढुंगाना र सुवास नेम्बाङले निभाएको भूमिकाकै कारण उनीहरुलाई सम्झने धेरै छन् । उनीहरुप्रति श्रद्धा छ । व्यवहारमा सरल डीपी अर्याल रास्वपाको उपसभापति त्यागेर सभामुख बन्दा साँच्चिकै निष्पक्ष भूमिकामा रहन्छन् भन्ने अपेक्षा अहिले गलत हुन थालेको छ । डीपी अर्याल अहिले सभामुखको रुपमा निभाएको भूमिका रास्वपा नेताकै हैसियतमा हुँदा प्रतिपक्ष आक्रामक हुने अवस्थामा पुग्नु दुर्भाग्य छ ।


    आइतबार प्रतिनिधिसभामा देखिएको अस्वाभाविक गतिविधिमा प्रतिपक्ष दलहरु उत्तिकै दोषी छन् । उनीहरु दोषमुक्त पटक्कै छैनन्, तर यो अवस्थाको श्रृजना अर्यालकै भूमिकाले बनाएको हो । तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको भूमिकामाथि प्रश्न उठेको छ । प्रतिनिधिसभा नियमावली पारित गर्नकै लागि  संसदमा त्यस्तो अप्रिय घटना हुने गरी बैठक चलाउने बाध्यता के आइलाग्यो ? अहिले उठेको यो प्रश्न हो ।  असामान्य स्थिति बन्दा सभामुखले बैठक स्थगित गर्न सक्छन् । सहज भएपछि बैठक अघि बढाउन सक्छन् । सन्तुलन र समन्वय गर्ने सभामुखले हो । तर विपक्षीलाई पेलेरै अघि बढ्ने प्रवृत्तिले सभामुखको भूमिकामाथि प्रश्न उठेको छ ।  संसदीय लोकतन्त्रमा संसदको एकजना सदस्य उभिएर विरोध गर्दा मात्र पनि बैठकको कामकारबाही चल्न सक्दैन । अहिले  सबै विपक्षी दल बेलमा उभिएर नाराबाजी गर्दा पनि सदन चलिरहेको छ, विधेयक पारित भइरहेको छ । संसदको यो क्रियाकलापले संसदीय लोकतन्त्रको खिल्ली उडाइरहेको छ । सभामुखको यो भूमिकाले सदन प्रतिपक्षको होइन्, सदन पनि सत्तापक्षको हो, विपक्षहरुको होइन् भन्ने स्थापित गरिदिएको छ ।


    प्रतिनिधिसभा नियमावली आइतबार नै पारित गर्नैपर्ने कुनै बाध्यता थिएन । तर, सभामुखले सत्तालाई रिझाउनका लागि नियमावली हतारमा पारित गरे । नियमावलीका कतिपय प्रावधान संविधानविपरीतको रहेकाले संसदीय समितिमा व्यापक छलफल गरेर पारित गरियोस् भन्ने  विपक्षी दलको माग अस्वभाविक होइन् । बेलमा उभिएर नाराबाजी गरेका सांसदका संशोधन प्रस्तावलाई उनले मार्सल लगाएर अस्वीकृत गरिदिए । परम्परा तोड्ने नाममा अहिले भइरहेका गतिविधिले हाम्रो लोकतान्त्रिक प्रणालीमा क्षति गर्ने निश्चित छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसदेखि संसदमा प्रधानमन्त्रीले जवाफ नदिनेगरी स्थापित परम्परा तोडेर हामी पुग्न खोजेको कहाँ हो ? गर्न खोजेको के हो ? सत्ता कब्जाको अभ्यास हुँदा विपक्षीको आक्रोशका गतिविधि हुँदा सभामुखले छानबिन समिति बनाएर कारबाहीको तयारी गर्दै छन् । यसले अझै तनाव बढाउने जोखिम बढाएको छ । सत्ता र प्रतिपक्षबिच सन्तुलन मिलाएर अघि बढ्दा संसद लयमा अघि बढ्छ ।


    अझैँ सभामुखले समन्वय गर्न सक्छन्, बैठकलाई मर्यादित र व्यवस्थित बनाउने काम सभामुखको हो । विपक्षलाई पेलेर गर्ने हरेक गतिविधिले व्यवस्थामाथि आघात पर्न सक्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij