२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ इन्सपेक्टर श्रेष्ठले भने, ‘गाडी नम्बर पनि खुलेको छैन ।’

    उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij