२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संविधान कार्यान्वयनका लागि कानुन

संविधान कार्यान्वयनका लागि कानुन

संविधान कार्यान्वयनका लागि कानुन

संविधान कार्यान्वयनका लागि कानुन

संविधान कार्यान्वयनका लागि कानुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • संविधान जारी भएको दशक बितिसक्दा पनि संविधान कार्यान्वयनसँग सम्बन्धित धेरै कानुन बन्न बाँकी छन् । संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बन्न नसक्दा मुलुकको शासन प्रणाली संस्थागत हुन सकिरहेको छैन । निर्वाचनमार्फत् राजनैतिक नेतृत्वले काम गरिरहेकोले तहगत सरकारको संस्थागत विकास भएझैं देख्न सकिन्छ, तर सरकार सञ्चालनका लागि चाहिने कानुनको अभावमा नतिजामुखी काम हुन सकिरहेको छैन ।


    सरकार सञ्चालन गर्न सहज हुने गरी संसद् छलेर अध्यादेश ल्याएको सरकारले शासकीय सुधारका एक सय कार्यसूचीका काम गर्न कानुन संशोधनलाई प्राथमिकतामा राखेको छ । वर्षौंदेखि बन्न नसकेका कानुन बनाउन प्राथमिकता दिनुपर्ने सरकारले संविधान संशोधनलाई प्राथमिकता दिएर काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं गरेको छ । संविधान संशोधन बहसको विषय हो, संविधानलाई संशोधन गर्नै पर्नेछ, संशोधन सहजै र छिटै हुनसक्ने संभावना हुँदैन । लामो बहस र छलफलबाट मात्रै यसको टुंगो लाग्ने हो, तर संविधान कार्यान्वयनसँग कानुन बनाउन सक्दा कानुन कार्यान्वयनसँगै नतिजा देखिन थाल्छ । संघीय निजामति ऐन बन्न नसक्दा कर्मचारी समायोजनदेखि धेरै काम अलपत्र छन् । प्रदेश सरकारले बनाएको निजामति ऐन कार्यान्वयन हुन सकिरहेको छैन । स्थानीय तहमा पनि कर्मचारीको अभाव छ । सेवा प्रवाहको केन्द्र स्थानीय तहमा कर्मचारीको अभावले नागरिक आवश्यक सेवाबाट वञ्चित भएका छन् ।


    अघिल्लो संसद्को उपसमितिको अध्ययन प्रतिवेदनले मौलिक हकसहितका कानुन बन्नै बाँकी रहेको भन्दै संविधानका विभिन्न धाराअनुसार ३९ वटा कानुन तत्काल बनाउन सुझाव दिएको थियो । ४ मंसिर २०७९ को संसदीय निर्वाचनपछि तत्कालीन सरकारले संसद्मा पेस गरेका विधेयकहरू गत वर्षको जेन–जी आन्दोलनपछि २८ भदौमा प्रतिनिधिसभा विघटन भएसँगै स्वतः निष्क्रिय भए । अघिल्लो संसद्का बेला प्रतिनिधिसभामा २६ वटा र राष्ट्रिय सभामा १२ वटा विधेयक निष्क्रिय भएको संघीय संसद कार्यालयमा तथ्याङ्क छ । जसमा संघीय निजामती सेवा ऐन विधेयक २०८० पनि पर्छ । कानुन निर्माणको लामो प्रक्रिया पूरा गरेर कतिपय कानुन अन्तिम अवस्थामा पुगेका थिए । संघीय निजामति विधेयक र शिक्षा विधेयक अन्तिम अवस्थामा थिए । यी विधेयक निष्किय हुँदा कर्मचारी प्रशासन र शिक्षा क्षेत्र लथालिङ्ग छन् । ऐनले हो, बाटो देखाउने र सरकार चलाउने । ऐनको अभावमा सरकारले केही गर्न सक्तैन् । नयाँ सरकार बनेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसै वर्ष संसद्मा पेस गरिने ४५ वटा विधेयकको सूची तयार गरिसकेको छ । तर, यो सूचीमा संविधान कार्यान्वयनसम्बन्धी कानुनी बन्दोबस्त गर्ने विधेयक कम छन् ।


    संघीय निजामती सेवा ऐन नबन्दा आइपरेका समस्यालाई ध्यानमा राख्दै सर्वोच्च अदालले पछिल्लो पटक २२ माघ २०८२ मा तुरुन्तै कानुन ल्याउन परमादेश जारी गरेको थियो ।  सर्वोच्च अदालतले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न पटक पटक आदेश दिइसकेको छ । २२ माघ २०८२ मा पनि संघबाट प्रदेशमा गएका कर्मचारीको बढुवा विवादको विषय सर्वोच्च अदालत पुगेको मुद्दाको फैसलामा अदालतले कानुन नहुँदा समस्या आएको व्याख्या गरेको थियो । प्रदेशका २१ वटा अधिकारका लागि संघले ३५ वटा कानुन बनाउनुपर्छ । प्रदेशले स्थानीय तहलाई बनाइदिनुपर्ने ६ वटा कानुन पनि बन्न बाँकी छन् ।


    संविधानमा लेखिएका ३१ वटा अधिकारअन्तर्गत १६ वटा कानुन बनेका छन् ।  अरु कानुन बन्न जति आवश्यक छ, त्योभन्दा बढी छिटो संघीय  निजामती कानुन, प्रहरीलगायत विधेयकलाई छिटो पारित गर्नुपर्ने देखिन्छ । कानुनको अभावमा शासन प्रणाली व्यवस्थित हुन सक्तैन् । अरु जति विषयले प्रेरित गर्न खोजेपनि कानुन विना सरकारले नतिजा निकाल्न सक्तैन । नतिजामुखी र परिणाममुखी बन्नका लागि सरकारले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij