२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सञ्चार नीति बनाएर मिडियासँग सहकार्य गरेर काम गर्ने स्थानीयतहको प्रतिबद्धता

सञ्चार नीति बनाएर मिडियासँग सहकार्य गरेर काम गर्ने स्थानीयतहको प्रतिबद्धता

सञ्चार नीति बनाएर मिडियासँग सहकार्य गरेर काम गर्ने स्थानीयतहको प्रतिबद्धता

सञ्चार नीति बनाएर मिडियासँग सहकार्य गरेर काम गर्ने स्थानीयतहको प्रतिबद्धता

सञ्चार नीति बनाएर मिडियासँग सहकार्य गरेर काम गर्ने स्थानीयतहको प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • पाल्पा 
    स्थानीय विकास र सञ्चार सवलीकरणका विषयमा पाल्पाका स्थानीयतह र नेपाल पत्रकार महासंघबिच अन्तरक्रिया भएको छ । पाल्पाका स्थानीयतहका प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकीय अधिकृत र पत्रकार महासंघ पाल्पाका पदाधिकारी, पूर्व अध्यक्ष एवं पत्रकारहरुबिच भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न सात बँुदे विषयमा मिलेर काम गर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धनका लागि सहकार्य गर्ने, नागरिकलाई सही, विश्वसनीय र  सूचना समयमै  उपलब्ध गराउने,  लोकतान्त्रिक मूल्य, मानवअधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्ने, सूचना तथा दुष्प्रचार नियन्त्रणका लागि एक आपसमा समन्वय गर्ने,  पाल्पाको समग्र विकास, सुशासन र नागरिक हितलाई केन्द्रमा राखेर कार्य गर्ने अन्तरक्रियामा जोड दिएको छ । 


    अन्तरक्रिया कार्यक्रममा स्थानीय तह र सञ्चार माध्यमबिच सूचना प्रवाह तथा जनहितका कार्यक्रमहरुको प्रचार प्रसारलाई प्रभावकारी बनाउन पत्रकार महासंघको समन्वयमा जिल्लाका  मिडिया तथा पत्रकारहरु परिचालन गर्ने , नागरिकको सूचनाको हक सुनिश्चित गर्न सहयोग पु¥याउने, नेपाल पत्रकार महासंघ पाल्पा शाखासँग समन्वय र सहकार्य गरी स्थानीय तहको सञ्चार नीति बनाइ स्थानीय मिडियाहरुलाई बलियो बनाउन सहयोग आदान प्रदान हुने पालिकाका अध्यक्षहरुले जोड दिए । 
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले आफूहरु  सूचना प्रकासन तथा प्रसारणमा केन्द्र सरकारको परिपत्रलाई कार्यान्वयन गर्न बाध्य रहेको बताए । स्थानीय सरकारले आ–आफ्नो सञ्चार नीति बनाएर गएमा आफूहरुले कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृतहरुले जोड दिए । 


    अन्तरक्रिया कार्यक्रममा निवर्तमान अध्यक्ष रेखीराम रानाले स्थानीयतह र मिडियाको अवस्था,  दुवै पक्षको जिम्मेवारी, दायित्व, समन्वय र सहकार्य, पत्रकार आचारसंहिता एव, पालिकाहरुले निर्माण गर्नुपर्ने सञ्चार नीति, कार्यदिशा, पछिल्लो सयम केन्द्र सरकारले सार्वजनिक खरिद संशोधन गरी सरकारी बोलपत्रका सूचना सरकारी मिडियामा मात्र प्रकासन, प्रसारणका  विषयमा केन्द्रित  कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले केन्द्र सरकारको निर्णयले जिल्लामा सञ्चालनमा भएका अधिकांश मिडियाहरु संकटमा पर्दै गएकोले, लोकतन्त्र बचाउन पनि मिडिया बाँच्नु पर्ने आवश्यकता रहेको बताए । जिल्लाका मिडिया र पत्रकार बचाउन स्थानीयतहको साथ सहयोगको जरुरी रहेकोले सोहीअनुसारको नीति नियम बनाएर सहकार्य गर्नुपर्ने समन्वय प्रमुख खनालले बताए । 


    अन्तरक्रिया कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामी, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, माथाँगढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा,  निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चेतनाथ गिरी, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पालिकाहरुबाट मिडिया क्षेत्रमा भइरहेको कामहरुको बारेमा जानकारी गराए । पालिका अध्यक्षहरुले आगामी दिनमा  सञ्चार नीति बनाएर जिल्लाका मिडियाको सवलीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 


    अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्षहरु गोविन्द भट्टराई, झपेन्द्र गहिरे, पत्रकारहरु भरत शर्मा, माधव अर्याल, जगदिश भट्टराई, महासंघका सल्लाहकार कृष्ण दर्नाललगायतले जिल्लाका मिडियाहरु बचाउन स्थानीय सरकारको अनिवार्य रुपमा साथ र सहयोगको खाँचो रहेको बताए । महासंघक पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम चलेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij