२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीलाई कसले सम्झाउने ?

प्रधानमन्त्रीलाई कसले सम्झाउने ?

प्रधानमन्त्रीलाई कसले सम्झाउने ?

प्रधानमन्त्रीलाई कसले सम्झाउने ?

प्रधानमन्त्रीलाई कसले सम्झाउने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • पोशाक व्यक्तिको पहिचान हो, उसको प्रतिष्ठासँग जोडिएको हुन्छ । सार्वजनिक जीवनमा रहेका व्यक्तिले लगाउने पोशाक व्यक्तिको पहिचान र प्रतिष्ठा मात्रै नभएर संस्थाप्रतिको सम्मान र मर्यादासँग जोडिन्छ । अझ राष्ट्र«पति, प्रधानमन्त्रीलगायतले लगाउने पोशाकले मुलुकको पहिचान र प्रतिष्ठा झल्काउँछ । अहिले प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह छन् । प्रधानमन्त्रीले पोशाकमा गरेको खेलवाडले उनको मर्यादा घटाएको मात्रै छैन, मुलुककै साख गिराएको छ ।


    संसद औपचारिक थलो हो । संसदमा जाँदा उनले अझै राष्ट्रिय पोशाक लगाएका छैनन् । टिसर्ट र स्पोर्टस जुत्तामा कोट लगाएर संसद पुगेका उनलाई सजिलै भए होला । तर देशको प्रतिष्ठा, संसदको मर्यादाप्रतिको बेवास्ताले उनलाई देख्ने धेरैलाई निराश बनाएको छ । संसद जननिर्वाचित जनप्रतिनिधिको सर्वोच्च थलो हो, यहीबाट उनी प्रधानमन्त्री चुनिएका हुन् । उनलाई कार्यकारी अधिकार यही संसदले दिएको हो, उनलाई नियन्त्रण यही संसदले गर्न सक्छ । संसदप्रति उनले गरेको बेवास्ता गलत छ । अदालतमा न्यायाधीश, कानुन व्यवसायीलाई पोशाकसम्बन्धी कोड अनिवार्य छ । यसो गर्नुको उद्देश्य व्यक्तिका लागि मात्रै नभएर संस्थाप्रतिको सम्मानका लागि हो । संस्थाप्रतिको सम्मानले व्यक्तिलाई अनुशासित र मर्यादित बनाउँछ ।


    निजामति कर्मचारीलाई पोशाक कोड अनिवार्य छ । सेना, पुलिसलगायत फौजी निकायमा आ–आफ्ना पोशाक कोड छन् । शिक्षक र विद्यार्थीका आफ्नै पोशाक छन् । पोशाककै कारण हामी उनीहरुको पहिचान गर्छौं । उनीहरुलाई अनुशासित बनाएको हुन्छ नै, संस्थाप्रति सम्मान पनि व्यक्त हुन्छ ।  शान्ति प्रक्रियापछि माओवादी नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि संसदमा राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउन हच्किए । तर उनीहरुले स्पोर्टस् जुत्ता लगाएनन् । कोट, सर्ट र पाइन्टमा छालाको जुत्ता लगाएर औपचारिक देखिए । समय बित्दै जाँदा राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर  पुगे ।


    प्रधानमन्त्री साह युवा पुस्ताका पथपर्दशक हुन् । उनको पोशाक, खाना र बोली नयाँ पुस्ताको ब्राण्ड बन्छ । राष्ट्रप्रति माया गर्ने ब्राण्ड बनाउन प्रेरित गर्दा राष्ट्रियता बलियो हुन्छ । सेनाको कार्यक्रममा राष्ट्रिय पोशाक लगाएर पुग्ने प्रधानमन्त्रीले संसदमा पनि त्यसै गरे कति राम्रो हुन्थ्यो । अरु भन्दा फरक देखिने नाउमा हुने हरेक क्रियाकलाप स्वभाविक हुँदैनन् भन्ने हेक्का पक्कै पनि प्रधानमन्त्रीलाई थाहा छ । संसदको मर्यादा राख्न सक्दा मात्रै प्रधानमन्त्रीप्रति नागरिकको भरोसा र विश्वास गर्न सक्छ किन कि जनताले निर्वाचित गरेका जनप्रतिनिधिको थलो संसद हो । संसदप्रति मर्यादा राख्नु भनेको आम नागरिकप्रतिको सम्मान र मर्यादा हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij