२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोयल इनफिल्ड, गैरे प्रतिष्ठानद्वारा च्यारिटी राइड : अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग

रोयल इनफिल्ड, गैरे प्रतिष्ठानद्वारा च्यारिटी राइड : अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग

रोयल इनफिल्ड, गैरे प्रतिष्ठानद्वारा च्यारिटी राइड : अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग

रोयल इनफिल्ड, गैरे प्रतिष्ठानद्वारा च्यारिटी राइड : अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग

रोयल इनफिल्ड,  गैरे प्रतिष्ठानद्वारा च्यारिटी राइड  : अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • बुटवल । रोयल इनफिल्ड बुटवल, गैरे प्रतिष्ठान प्रालिले  पहिलोपटक च्यारिटी राइड गरी बुटवल देवीनगरस्थित अपांग आश्रमलाई खाद्यान्न र नगद सहयोग गरेको छ । 

    प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवा गर्ने उद्देश्यले कालिकानगरस्थित शो रुमबाट देवीनगर रंगशाला नजिक रहेको अपांग आश्रमसम्म च्यारिटी राइड गरेको हो ।  

    च्यारिटी राइडमा बुटवल, सैनामैना, देवदह,  तिलोत्तमा लगायतका  ठाउंका ५० बढी राइडर सहभागी भएका थिए । अपांग आश्रममा पुगेपछि गैरे प्रतिष्ठान प्रालिकी सञ्चालिका लक्ष्मी गैरे , प्रबन्ध निर्देशक  प्रवेशराज गैरे लगायतले आश्रमलाई चामल,दाल, आलु, प्याज, खाने तेल,चिनी लगायत खाद्य समाग्रीहरु हस्तान्तरण गरेका छन् ।

    साथै च्यारिटी राइडमा सहभागी भएर मानवीय सेवाको पवित्र कार्यमा हातेमालो गर्दै टोपराज सुनारले १० हजार, चेतबहादुर सारु सैनामैनाले ५ हजार, सैनामैना राइडर क्लबले २१ सय, गजबहादुर थापाले २५ सय, अमित थापाले २ हजार, मिनबहादुर दर्लामीले २१ सय, लिलाम्बर थापाले २ हजार लगायत अन्य राइडरहरुले समेत गरी ३५ हजार ४ सय रुपैयां संकलन गरी सो रकम पनि अपांग आश्रमलाइ हस्तान्तरण गरिएको छ ।

    सो अवसरमा बोल्दै  गैरे प्रतिष्ठान प्रालिकी सञ्चालिका लक्ष्मी गैरेले  यसअघि ढोरपाटन र क्राउन राइड जस्ता कार्यक्रम भब्यरुपमा सम्पन्न गरेकोमा यसपटक मानवीय सेवा भावले  च्यारिटी राइड आयोजना गरी अपांग आश्रममा आश्रित असहाय नागरिकलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

    प्रालिका प्रबन्ध निर्देशक  प्रवेशराज गैरेले च्यारिटी राइडमा सहभागी राइडर तथा आश्रमलाई आर्थिक सहयोग गर्ने राइडरहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij