२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मल अभाव पूर्ति गर

मल अभाव पूर्ति गर

मल अभाव पूर्ति गर

मल अभाव पूर्ति गर

मल अभाव पूर्ति गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • नेपालको प्रमुख खाद्य बाली धान लगाउने मौसम आएको छ । कुल उत्पादनको ठूलो हिस्सा धान तराई क्षेत्रमा हुन्छ । तराईमा धान खेती गर्दा रासायनिक मल अनिवार्य छ । पहिले गोबरमलको प्रयोग अत्याधिक हुने गरेकोमा पछिल्ला वर्ष रासायनिक मल अनिवार्य झै भएको छ । तर किसानले पर्याप्त मल पाउन नसक्दा धान उत्पादनमा असर परिरहेको छ ।


    वर्षेनी मलको अभाव झेल्दै आएका किसानले यो वर्ष पनि उस्तै अभाव झेल्नुपर्नेछ । चालु आवका लागि सरकारले कुल २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा  कृषि सामग्री कम्पनीले २० अर्ब १७ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको र सो बजेटले ३ लाख ५९ हजार १०० मेट्रिक टन मल खरिद भएको छ ।


    ५ लाख ५० हजार मेट्रिक टन खरिद गर्ने योजना बनाइए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिएपछि किन्न नसक्दा किसानको अभाव कायमै रहने देखिन्छ । हाल १ लाख ५ हजार २४१ मेट्रिक टन मल कृषि सामग्री कम्पनीसँग मौज्दात रहेको छ । कृषि सामग्री कम्पनीले १९ अर्ब ५३ करोड बजेट खर्च भइसकेकोले थप मल तत्काल किन्न सक्ने अवस्था छैन । आगामी आर्थिक वर्ष २०८३-८४ का लागि कम्पनीले हालसम्म २ लाख १० हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान गरिसकेको तर इसराइल–इरान तनाव र मध्यपूर्व संकटका कारण अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य प्रतिमेट्रिक टन ५९० डलरबाट बढेर १ हजार डलरसम्म पुगेको तथा डीएपीको मूल्य ११ सय डलर नाघेकाले आपूर्ति अनिश्चित बनेको छ ।


    मल कृषि उत्पादनका लागि नभई नहुने वस्तु हो । मलको अभावले धान उत्पादनमा प्रतिकुल असर पर्ने देखिन्छ । यो समस्या वर्षेनी आउँदा दीगो समाधानको पहलकदमी किन हुन सकिरहेको छैन ? केही वर्षदेखि बजेटमा मल कारखाना खोल्ने बारे एउटा बुँदा उल्लेख भइरहेको छ । यो वर्षको बजेटमा पनि अर्थमन्त्रीले मल कारखानाको कुरा कोट्याउन भ्याए । आखिर किन किसानलाई ढाँटिरहेको छ सरकार ? मल कारखाना किसानको आँखामा छारो हाल्ने होइन्, दीगो समाधानका लागि बन्नु पर्छ । मल केवल किसानको समस्या होइन्, यो त मुलुकको खाद्य सुरक्षाका लागि आवश्यक छ । तसर्थ मल समस्या सधैं बल्झिरहने घाउ बन्नु हुँदैन । समाधानको पहलकदमी ल्याऊ । किसानको मुहारमा उज्यालो ल्याउँदा आम नागरिकको अनुहार उज्यालो बन्ने वातावरण बन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij