२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम नगरपालिकाका बालबालिकामा सबैभन्दा बढी कुपोषण

रामग्राम नगरपालिकाका बालबालिकामा सबैभन्दा बढी कुपोषण

रामग्राम नगरपालिकाका बालबालिकामा सबैभन्दा बढी कुपोषण

रामग्राम नगरपालिकाका बालबालिकामा सबैभन्दा बढी कुपोषण

रामग्राम नगरपालिकाका बालबालिकामा सबैभन्दा बढी कुपोषण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • परासी
    जिल्लास्तरीय सरोकारवालाहरूसँग समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बेश नेपाल नवलपरासीले जिल्लामा सञ्चालित  पोषणमार्फत् जीवन रूपान्तरण परियोजना सञ्चालन गरेको कार्यक्रमहरूको जिल्लास्तरीय सरोकारवालाहरूसँग समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


    पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकाकामा कुषोषणको अवस्थाबारे जानकारी गराइएको थियो  । स्थानीय तहसँगको समन्वयमा हेलेन केलर ईन्टरनेशनलले बेस नेपालमार्फत् सञ्चालन गरेको पोषणमार्फत् जीवन रुपान्तरण परियोजनाअन्तर्गत जिल्लाका सातै स्थानीय तहमा जारी पोषण लेखाजोखाका गर्ने कार्य गर्दै आएको छ ।


    जिल्लामा जारी बालबालिकाको पोषण लेखाजोखाका क्रममा २२ हजार ६ सय ५४ जना बालबालिकाको जाँच गर्दा १३ दशमलव प्रतिशत कुपोषित देखिएको बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिए । उनको २ हजार ६ ९३ जनामा मध्यम कुषोषण र दुई सय ५० जनामा कडा खालको कुपोषण फेला परेको बताए । जिल्लाका ६ महिनादेखि ५९ महिनासम्मका कुल २२ हजार ६३६ जना बालालिकाको पोषण लेखाजोखा गर्ने लक्ष्य लिइएकोमा  २२ हजार ६ सय ५४ जना बालबालिकाको पोषणको लेखाजोखा गरिएको संयोजकले पोख्ररेलले बताए ।


    रामग्राम नगरपालिकामा सबैभन्दा बढी कुपोषण बालबालिका भेटिएको छ भने सबैभन्दा कम कडा कुपोषणमा सुनवल नगरपालिका रहेको छ । सुनवलमा नगरपालिका नगरपालिका तीन हजार २७ जनालाई लेखाजोखा गर्दा ४ सय ६३ जना मध्यम कुपोषण र १५ कडा कुपोषण बालबालिका भेटिएको छ । रामग्राम नगरपालिकामा तीन हजार १ सय ९३ लेखाजोखा परीक्षण गर्दा ४ सय ६३ जना मध्यम र ४७ जना कडा कुपोषण बालबालिका भेटिएका छन् ।


    बर्दघाट नगरपालिकामा तीन हजार ८ सय ७ जना लेखाजोखा गरिएको जसमध्ये तीन सय ४८ जना र कडाखालको ४४ जना बालबालिका देखिएको छ । त्यस्तै सुस्ता गाउँपालिकामा २ हजार ३ सय ९३ जना बालबालिका लेखाजोखा गर्दा ३ सय ११ जना मध्यम खालको र ३७ कडाल खालको कुपोषण  तथा सरावल गाउँपालिकामा  २ हजार १ सय ४१ जना  बालबालिकालाई लेखाजोखा गरिएकोमध्ये ४५० जना मध्यम र ३० कडा कुपोषण भेटिएको छ ।


    यस्तै प्रतापपुर गाउँपालिकामा २ हजार चार सय ५० जना  बालबालिकालाई लेखाजोखा गर्दा चार सय ६८ जना मध्यम र ३६ जना कडाखालको कुपोषण देखिएको तथा पाल्हीनन्दन गाउँपालिकामा २ हजार १ सय १ जनालाई लेखाजोखा गर्दा २ सय ९८ जना मध्यम र ४१ जना कडाखालको बनलबालिकालाई कुपोषण देखिएको बेन नेपालले जनाएको छ । मध्यम कुपोषण भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थाहरुले उपचारात्मक खाना(सुपरसिरियल प्लस) खुवाउन सुरु गरेका छन् भने कडा कुपोषणमा रहेका बालबालिकाहरुलाई नेपाल सरकारबाट प्राप्त आ.यु.टि.एफ.खुवाईएको छ ।


    यसका साथै कुपोषित बालबालिकाको घरघरमा पुगेर बालबालिकाहरुलाई उपलब्ध गराइएको उपचारात्मक खाना खुवाए नखुवाएको, बालबालिकाको स्वास्थ्य सुधारको अवस्था तथा सरसफाइ र खानपानका बारेमा घरघरमा पुगेर परामर्श गर्ने कार्यलाई समेत अगाडि बढाइएको कार्यक्रम संयोजक पोखरेलले बताए  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij