२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

    सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९-४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

    नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए ।

    नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

    नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij