हिमाल, पहाड, तराई,
रमाइलो लाग्छ मलाई
आफ्नै भाषा, संंस्कार संस्कृति छन्
हामी सबै नेपालीहरूले
खुसीका साथ जपिरहन्छौँ माला
त्यसैले राम्रो लाग्छ मलाई
मेरो प्यारो देश नेपाल ।
सुन्दरताले भएको
हाम्रो देश उज्यालो
शान्तिको दीप बलिरहने हो
हाम्रो देश नेपाल ।
सयौँ गीत गाइ बाग्दछन्
हाम्रो देशका खोला, नाला अनि झरना
यसैले सुन्दर प्रकृतिको
काख, नेपालीको साथ
उच्च हुन्छ हामी सबै नेपालीको माथ ।
हाम्रै देश नेपालमा रहेको छ
सुन्दर, प्रकृतिको रमणीय ठाउँ
हामी किन पाइला चाल्ने
हे नेपाली हामी रमाउनलाई
परदेशको गाउँ
एउटै भूमिभित्र
छन् फरक फरक भूस्वरुप
फरक पन अनि
फरक पाइन्छ उब्जनीको माटो
यहीँ भूमिमा कोर्नु पर्छ
भावी सन्ततीको बाटो ।
हामी सबै नेपाली हौँ
भन्दै
लगाउ गर्र्वसाथ नेपालीको नारा
भिन्न भाषा, धर्म, संस्कृति चिनाऔँ भेषभुषा
संकृतिभित्रै बनेर पहिचान दिने हामी सारा ।
हामी सबै आफ्नै देश
नेपालकै उत्पादनको नानाचाचा लगाऊ
हामी सबै मिलेर आफ्नै
संस्कार संस्कृतिलाई पहिचान जोगाऊ ।
हामी हामी मिले जस्तो अरु के नै छर ।
नेपालमै बसोबास
हाँसी खुसी जीवन विताउने हामी
नेपालीको रहर ।
विनायक थारु
वि.एड. दोस्रो वर्ष
देवदह आदर्श बहुमुखी क्याम्पस
देवदह, रुपन्देही




