२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आमा समूहले बजाउने नौमतीको माग बढ्यो

आमा समूहले बजाउने नौमतीको माग बढ्यो

आमा समूहले बजाउने नौमतीको माग बढ्यो

आमा समूहले बजाउने नौमतीको माग बढ्यो

आमा समूहले बजाउने नौमतीको माग बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • दाङ । तुलसीपुर उपमहानगरपालिका–४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्र नभई जिल्ला बाहिर बुटवल, कोहलपुरलगायत स्थानसम्म जाने गर्दछ ।


     जिल्ला बाहिर माग हुन थालेपछि मागअनुसार सम्न्धित क्षेत्रमा आफूहरू पुग्ने गरेको आमा समूहका प्रतिनिधि बताउँछन् । 
    विवाह, व्रतबन्ध, पूजाआजालगायत सबै जसो कार्यक्रममा उक्त आमा समूहको गाजाबाजाको टोली मागअनुसार जिल्लाजिल्ला पुग्ने गरेको छ । गत मङ्सिरमा मात्रै बुटवलमा २० र कोहलपुरमा नौ वटाभन्दा बढी कार्यक्रममा जिल्ला बाहिर गएको समूहका अध्यक्ष कस्तुरा खड्काले बताइन् । उनका अनुसार पुस र माघमा पनि राजनीतिक दलका कार्यक्रम अत्यधिक भएकाले समूहको व्यस्तता बढेको हो ।


    फागुन, चैत र बैशाखमा विवाहसहित विभिन्न धार्मिक कार्यक्रममा माग बढेको खड्काले बताइन् । “पहिलेपहिले जिल्ला बाहिर जान समस्या थियो, अहिले हरेक महिना ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ”, उनले भनिन्–“आम्दानी पनि प्रशस्त भइरहेकाले हामी आत्मनिर्भर बन्दै गएका छौँ ।”


    एउटा कार्यक्रममा गएर नौमती बजाएको रु आठ हजारदेखि रु २५ हजारसम्म लिने गरिएको अध्यक्ष खड्काले जानकारी दिइन् । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको भन्दै पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरू संरक्षणमा जुटेको उनले उल्लेख गरिन् ।


    “पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, खड्काले भनिन्–“पछिल्लो समय आधुनिक गीत र रेकर्ड गरिएका सङ्गितले नौमतीसहित मौलिक बाजा बच्न छोडेका छन् । त्यसैले हामीले यसलाई संरक्षणसँगै आयआर्जनको माध्यम बनाउन सुरुवात गरेका हौँ ।” उनका अनुसार विसं २०७९ को तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले मौमतीका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको हो । जनचेतना आमा समूहमा अहिले २५ जना महिला आबद्ध छन् । 


    नौमती बजाउँदा केही आम्दानी पनि भइरहेको भन्दै हाम्रा मौलिक कला, संस्कृति र गीतसङ्गित संरक्षणका लागि भवन आवश्यक परेको अध्यक्ष खड्काले बताइन् । “भवन निर्माणका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ ।”– उनले भनिन् ।
    अध्यक्ष खड्काका अनुसार अहिले तुलसीपुर उपमहानगरपालिकाका विशेष जनचेतनामूलक कार्यक्रमदेखि तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेका महोत्सवमा पनि नौमती बाजाको माग हुने गरेको छ । नौमती र पञ्चेबाजा बजाउने मात्रै नभई समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँघरमा आयोजना हुने सरसफाइ तथा सचेतनामूलक कार्यक्रममा आफ्नो उपस्थिति हुने गरेको उनले बताइन् । “गाउँमा झगडा भएमा मिलाइदिनु प¥यो भन्दै आउनुहुन्छ”, अध्यक्ष खड्काले भनिन्–“त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।” तीबाहेक सामाजिक क्षेत्रमा आवश्यकताअनुसार श्रमसम्बन्धी काम पनि गरिँदै आइएको उनको भनाइ छ । 


    “घरमा रङ लगाउने, विवाहमा खाना खुवाउनेलगायत कार्यमार्फत् आम्दानी गरिरहेका छौँ ।”–अध्यक्ष खड्काले भनिन् । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रूपमा शसक्त छन्, भन्ने सन्देश दिन आफूले यो कार्य गरेको उनको भनाइ छ । 
    सामान्य लेखपढ गरेर जीविकोपार्जन गर्दै आएका समूहमा आबद्ध महिलाले समूहमार्फत गरेका यस्ता कामले महिलाको आत्मसम्मान बढ्नुका साथै आयआर्जनमा टेवा पुग्ने गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij