२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रिब्दीकोट गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

रिब्दीकोट गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

रिब्दीकोट गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

रिब्दीकोट गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

रिब्दीकोट गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • पाल्पा  
    पाल्पाको रिब्दीकोट गाउँपालिकाले २०औँ गाउँसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले २०औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको सर्वाङ्गीण विकासका लागि कृषि, पर्यटन, पूर्वाधार स्वास्थ्य, शिक्षालाई मुख्य प्राथमिकतामा राखिएको बताए ।  अध्यक्ष कार्कीले नीति तथा कार्यक्रमले स्थानीय उत्पादन, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई विशेष जोड दिएको छन् ।  


    गाउँपालिकाले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि ‘एक बोट सयको नोट’ कार्यक्रमलाई निरन्तरता दिँदै पालिका भित्र सयौ सुन्तला र कागती बगैँचा निर्माण गरी पालिका भित्र कृषि क्रान्ति ल्याउने  नीति लिएको छ ।  रैथाने बालीको संरक्षण, कृषि प्रसार तथा अनुदान कार्यक्रमलाई चुस्त बनाउने अध्यक्ष कार्कीले नीति कार्यक्रममा जोड दिएका छन् ।  


    रिव्दीकोट गाउँपालिकाले माटोको उर्वराशक्ति कायम राख्न प्राङ्गारिक खेती र जैविक मलको प्रयोगलाई बढाउने, प्रत्येक वडाबाट १ जना उत्कृष्ट कृषकलाई सम्मानित गर्ने, ‘एक क्षेत्र एक उत्पादन’ कार्यक्रम लागू गर्ने, र खनौ आफ्नै माटो, छोडौँ विदेशको बाटो अभियानअन्तर्गत बाँझो जमिनमा चक्लाबन्दी खेती प्रवद्र्धन गर्ने नीति अघि  सारेको छ । 


    बजारमा कृषकले व्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न मुख्य उपजहरूको न्यूनतम समर्थन मूल्य तोक्ने, र बाली बिमा कार्यक्रमलाई विस्तार गर्ने निति लिएको पालिका अध्यक्ष कार्कीले बताए ।  पशुपालनतर्फ ‘स्वस्थ पशु, समृद्ध किसान’ नाराका साथ गाउँभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान, गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन नश्ल सुधार र बंगुर स्रोत केन्द्र विस्तार गर्ने, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गर्ने, तिहारको फूललाई केन्द्रित गरेर १ सय जना कृषकलाई फूल खेतीमा सहभागी गराउने कार्यक्रमहरू समावेश  रहेका छन् । 


    धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भैरवनाथ मन्दिर र जलेश्वर धामलाई नेपालकै उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा विकास गर्ने, गाउँपालिकाभित्र रहेका ऐतिहासिक क्षेत्रहरू पूर्णकोट, सेल्फीडाँडा, सम्सारकोट , कान्ताआश्रम, सतञ्चुली, धुस्टुङ्ग, सुरुङ्गा, कालिका गढी, गुराँसेडाँडा र छुङथानडाँडा, साठी हाते झर्ना, छत्रदेवालय, रिङसिङ लेक, सिद्ध गुफालाई पर्यटकीय गन्तव्यहरूको रुपमा विकास गर्ने र रिव्दीकोट डाँडामा सेनकालीन दरबार निर्माणको  गुरुयोजना निर्माण गरी पर्यटन पूर्वाधार विकास गर्ने पालिका अध्यक्ष कार्कीले नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।  स्थानीय संस्कृति, भेषभूषा र परम्परागत पेशाको संरक्षणका लागि झ्याउरे, बालन, भजन, सराँय, फागु, जात्रा, लाखेनाच र सोरठी नाचको प्रवद्र्धन र संवद्र्धन गरिने कार्यक्रम  गाउँपालिकाले ल्याएको छ । 


    गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय जोड्ने सडकहरूलाई पालिकाको गौरवको सडकका रूपमा विकास गर्दै र राइट अफ वे  को नीतिलाई पूर्णरूपमा कार्यान्वयन गर्ने,  नयाँ भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी संहिता र बालमैत्री, अपाङ्गमैत्री मापदण्ड अनिवार्यसहित नक्सा पास गर्ने नीति लिएको छ । डोजर प्रयोगमा न्यूनीकरण गर्दै जैविक वातावरण मैत्री सडक निर्माण गर्ने नीतिलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधारतर्फ ३ लाखभन्दा मुनीका  टुक्रे योजना समावेश नगर्ने नीति बनाएको छ । अधुरा खानेपानीको योजनाहरु आगामी वर्ष पूरा गर्ने नीति लिएको छ । वातावरण संरक्षणका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन र सार्वजनिक निकायहरूमा मदिरा तथा सुर्तीजन्य पदार्थको पूर्ण निषेध गरिने कडा नीति समेत यस वर्षको कार्यक्रममा समेटिएको छ । 


    ‘हरेक हातलाई काम, हरेक कामलाई सम्मान’ अभियानलाई सार्थक बनाउन राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम मार्फत युवाहरूलाई मागका आधारमा सीपमूलक र व्यावसायिक तालिम प्रदान गर्ने,  रोजगार सेवा केन्द्र र उद्यमशीलता केन्द्रलाई सुदृढ गर्दै युवाहरूलाई प्रविधिको प्रयोगमार्फत स्वरोजगार बनाउने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको ज्ञान र सीपलाई स्थानीय तहको विकासमा उपयोग गर्न विशेष व्यवसायिक कर्जा र पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गरिने नीतिमा उल्लेख गरिएको छ । 


    ‘आधारभूत स्वास्थ्य उपचार जनताको अधिकार’ लाई सार्थक बनाउन गाउँपालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क औषधि र २४संै घण्टा प्रयोगशाला सेवा सुनिश्चित गर्ने, ‘सुत्केरी आमा पोषण तथा स्याहार’ कार्यक्रमलाई थप व्यवस्थित गर्दै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूलाई आर्थिक र पोषण सहायता प्रदान गर्ने,  विपन्न, दलित र ‘ग’ वर्गका अपाङ्गता भएका नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा शतप्रतिशत अनुदान दिई आबद्ध गर्ने  नीति पालिकाले लिएको छ ।  आयुर्वेदिक र वैकल्पिक चिकित्सा पद्धतिको विकासका लागि नागरिक आरोग्य सेवा केन्द्र स्थापना र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 


    शिक्षा क्षेत्रमा सबै वडा र विद्यालयहरूमा योग शिक्षा कार्यक्रम, विद्यार्थी र शिक्षकहरूमा स्वस्थ जीवनशैलीको प्रवद्र्धन र ‘स्मार्ट स्वास्थ्य आमा कार्यक्रम’ मार्फत् बालबालिकाको चौतर्फी विकासमा ध्यान दिने,  दलित, जनजाति, महिला, विपन्न र एकल महिलाहरूको क्षमता विकास, नेतृत्व निर्माण र सशक्तिकरणका लागि बजेटको व्यवस्था गर्ने पालिकाले नीति लिएको छ ।
     विद्यालयको समग्र नतिजा सुधारको लागि पालिकाले प्रधानाध्यापक, प्रधानध्यापकले शिक्षकसँग कार्यसम्पादन गरी, प्रत्येक वडामा नमूना तथा विग स्कुल निर्माण गर्ने, केन्द्रीय सरकारले कक्षा ५ सम्म प्रदान गर्दै आएको दिवा खाजालाई कुमाल बस्तीको विद्यालयमा कक्षा ८ सम्म पालिकाले दिवा खाजा प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँसभाबाट आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व कार्यान्वयन गर्न बनेको विधेयक २०८३, गाउँपालिकाको शिक्षा ऐन २०७४ संसोधन गर्न बनेको विधेयक २०८३, र बुटवल उप महानगरपालिकासँग भगेनी सम्बन्ध कायम गर्ने गरिएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । बेरुजु फछ्र्यौटसम्बन्धी प्रस्तावित कार्यविधि छलफलको लागि सभामा सदस्यहरुमा पेश भएकोे छ ।

     
    सभामा उपाध्यक्ष कान्ता अधिकारी अधिकारी, सदस्य सचिव सुरेश भुसाल, वडा अध्यक्षहरु चिरञ्जीवि पोखरेल, ओमप्रसाद पोखरेल, सोमकुमार कार्की, प्रकाश रायमाझी, कार्यपालिका सदस्य सुनिल बस्याल सदस्यहरु पवन कुँवर, सरस्वती श्रेष्ठ, भरत जि.सी., दुर्गाप्रसाद ढकाल, मोहनसिंह राना, राजेन्द्रप्रसाद नेपालले आ–आफ्नो धारण राखेका थिए । पालिकाले असार १० गते बजेट सार्वजनिक तयारीमा जुटेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij