२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सबै मिलेर देश बचाऔं

सबै मिलेर देश बचाऔं

सबै मिलेर देश बचाऔं

सबै मिलेर देश बचाऔं

सबै मिलेर देश बचाऔं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • झपेन्द्र जिसी

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
    नेपालकोे संविधान २०१५, नेपाल अधिराज्यको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ को निशाना छापमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लेखिएको छ ।
    संस्कृतमा रचना गरिएको वाल्मीकि रामायण अर्थात् ऋषि वाल्मीकिले रचना गरेको संस्कृत भाषाको रामायणमा उल्लिखित छ– ‘अपि स्वर्णमयी लंका नमेरोचते लक्ष्मण ।’


    जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
    यसको नेपाली अनुवाद हुन्छ– जननी र जन्मभूमि स्वर्गभन्दा पनि सर्वाेच्च छन् । मलाई सुनैसुनको लंकाभन्दा पनि मेरै देश (भूमि) सुन्दर लाग्छ, मलाई सुनैसुनको लंका भए पनि मन पर्दैन । चाहिंदैन ।  मलाई त आफ्नै माटो ढुंगाले निर्मित भूमि, हिमाल, पहाड, पर्वत र तराईले सुसज्जित भूमि मन पर्छ । यसमा रहेका बोटविरुवा, वनस्पति, जडीबुटी र यहाँ विचरण गर्ने डाँफे, मुनाल, मजुर, काग, काँडेभ्याकुर, ढुकुर, कुकुर, स्याल, व्वाँसो, बाघ, भालु, चितुवा, मृर्ग, हरिण, खरायो, जरायो, बाह्रसिंगा, न्याउर हिमाली जंगली बाख्रा, च्याङ्गा, चौरी, नाक धेरै मन पर्छन् । किन ? किनकि तिनीहरु मेरा हुन् । मेरा साथी दौंतरी हुन् । त्यस्तै भैंसी, गाई, गोरु, भेंडा पनि मेरा हुन् । आफ्नो कुरा मलाई मन पर्छ । अथाह नदीनाला र जलस्रोतको उद्गम स्थल हिमालय पर्वतमाला होे । गरिब अमिर जे भए पनि मलाई मन पर्छ ।


    यो प्रसङ्ग अहिले लेखकले कोट्याउनुको महत्वपूर्ण अर्थ छ । त्यसको अर्थ हो– नेपालको प्रधानमन्त्रीको पदमा आसीन प्रधानमन्त्रीलाई विपक्षी सांसदहरुले संसदमा आई केही आफ्ना प्रश्नहरुको उत्तर दिन सभामुखसँग आग्रह गर्दा पनि उनी संसदमा उपस्थित हुन धेरै दिनसम्म आलटाल गरे । एक दिन अकस्मात सदनमा आएर नेपाल देशको सीमा अतिक्रमण विषयमा उनले संसदको रोस्ट्रममा उभिएर भनिदिए– भारतले मात्र होइन नेपालले पनि भारतको भूमि कब्जा गरेको छ । यो विषय संसारभरि भाइरल भयो । भारतीय मिडियामा यो सनसनीपूर्ण खबरलाई रंगीचंगी ढंगले उठाए । किन ?


    यस कारणले लिपुलेक, लिम्पियाधुरा, कालापानी, महेशपुरजस्ता भूभाग अहिले पनि भारतीय कब्जामा छन् । नेपाल देशभूमि र जनसंख्यामा सानो भए पनि स्वाभिमान र सार्वभौमिकतामा भारतभन्दा कम छैन । नेपाल सप्रभु र स्वतन्त्र देश हो । इष्ट इण्डिया कम्पनी सरकारबाट भारत भन्ने देश २०० वर्षभन्दा बढी वर्ष बेलायत (अंग्रेज)को  उपनिवेश भयो बेलायतको कब्जामा रहयो । तर नेपाल देश कसैको गुलाम भएन । नेपालको भूमि बाँचिरहयो । दार्जिलिङ्ग र दार्जिलिङ्गको तराई, कुमाऊ, गढवाल, नैनीताल, देहरादुन, इष्ट इण्डिया कम्पनी सरकारले लुटेर लग्यो ।


    सन् १९४७, १५ अगष्टमा ब्रिटिसहरु भारतबाट फर्केर गएपछि स्वतन्त्र भएको इण्डियाले लुटिएको जमिन त लुटेरै लग्यो, कायम ग¥यो उतै । तर ४ मार्च १९१६ मा सुगौली सन्धि अनुसार नेपालको पूर्वी सीमा मेची नदी र पश्चिम सीमा महाकाली कायम भएको भए पनि सीमा क्षेत्रमा अहिले पनि बेलायतको गुलाम इण्डियाले सीमा अतिक्रमण एक ठाउँ होइन ५०औं ठाउँमा गरी नै रहेको छ । 
    लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको छ । केपी ओली प्रधानमन्त्री भएको घडीमा सांसदको दुई तिहाईले उपर्युक्त भूमि हाम्रो होे भनी ऐतिहासिक प्रमाणसहित पारित ग¥यो । नक्सा  पनि तयार ग¥यो । नेपाली नोटमा पनि उपर्युक्त भूमि देखिने गरी राष्ट्र बैंकले नोट (नोठ) निष्काशन ग¥यो । भारत र चीनलाई कुटनीतिक नोटहरु पठायो । तर भारतले सुनेको नसुन्यै मात्र गरेन मानसरोवरसम्म पुग्ने गरी नेपाली भूमि लिपुलेकबाट सडक निर्माण ग¥यो ।
    गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपा भनिने रवि लामिछाने बालेन साहको पार्टीलाई नेपाली जनताले झण्डैै दुई तिहाई सीटमा जिताए ।


    अब यो सरकारले भारतले कब्जा गरेका भूमि फिर्ता गर्न पहल कदमीमा जुट्ला भन्ने आशा गरेका थिए ।  मतदाताहरुले ठूलो आशा गरेका थिए । तर प्रधानमन्त्री स्वयंले भारतले मात्र होइन हामी नेपालीले पनि भारतको भूमि मिचेको छौं, कब्जा गरेका छौं भन्ने भनाइले नेपाली जनताको आशामा घोर कुठराघात गरेको छ । 


    के खोज्छ आँखा नभएको आँखो भएझैं भारतलाई भएको छ । अथवा मकै चोर बाँदरलाई लिस्नो राखिएझैं भएको छ । राष्ट्र कवि माधव घिमिरेले रचना गर्नु भएको राष्ट्रिय गानको यो लेखकलाई सम्झना हुन्छ–
    ‘पश्चिम किल्ला कांगडा पूर्वमा टिस्टा पुगेथ्यौैं’ भन्ने गाना जेनजी भाइबहिनीले सायदै सुनेका होलान् । यो गाना मात्र होइन, यो त राष्ट्रियताको ढुकढुकी हो, स्पन्दन हो । तर केही सांसदहरु र कथित बुद्धिजीवीहरु भन्दै छन् –‘हामी नेपालीले पनि भारतीय भूमि कब्जा गरेका छौं भन्ने अभिव्यक्तिभित्र महान् कुटनीति लुकेको छ भन्दै उनै प्रधानमन्त्री बालेनको रक्षा कबच बनिरहेका छन् ।
    अन्त्यमा अहिले देश गम्भीर मोडमा उभिएको छ । संकटपूर्ण अवस्थामा छ । अब यो देशको रक्षा सरकारबाट सम्भव छैन भन्ने कुरा सरकार प्रमुखकै अभिव्यक्तिले बताएको छ भने सरकारका प्रतिनिधि मन्त्रीहरु र रास्वपा नेता रवि लामिछानेका लागि दिल्ली दौड पानी पँधेरो भएको छ । र, दिल्ली सरकारका प्रतिनिधिहरु पनि काठमाडौंमा निकै आइरहेका छन् । त्यसरी नै अमेरिकी प्रतिनिधि पनि काठमाडौंमा आउने क्रम जारी छ । अर्थ न वर्थसित जेनजी विद्र्रोह मच्याएर गत निर्वाचित सरकार ढलाउनेहरु विशेषतः टिओबी अमेरिकी युथ काउन्सिल र काठमाडौैंमा शरणार्थीको रुपमा बसेका दलाई लामाका चेलाहरुले अधिवेशन गरेका छन् । र, मुस्ताङ, मनाङलगायत हिमाली भूभाग कब्जा गर्ने षड्यन्त्रका तानाबाना बुनिरहेको पाइन्छ, यो सरकारको कुनै भर विश्वास छैन । तसर्थ राष्ट्र राष्ट्रियता, राष्ट्रको अस्तित्व र अस्मिता बचाउनको लागि नेपालको राष्ट्रियता र राष्ट्र बचाउनको लागि सबै नेपाली जनताहरु मिलेर प्रतिरोध गर्न आवश्यक भइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij