२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कर्मचारीसँग मिलेर साहुले नै चोरे आफ्नो पसल

कर्मचारीसँग मिलेर साहुले नै चोरे आफ्नो पसल

पसलको बिमा दाबी गर्न र अन्य मानिसहरूले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोंची योजनाबद्ध रूपमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको छ ।

कर्मचारीसँग मिलेर साहुले नै चोरे आफ्नो पसल

कर्मचारीसँग मिलेर साहुले नै चोरे आफ्नो पसल

पसलको बिमा दाबी गर्न र अन्य मानिसहरूले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोंची योजनाबद्ध रूपमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको छ ।

कर्मचारीसँग मिलेर साहुले नै चोरे आफ्नो पसल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • बुटवल
    बुटवल अमरपथको तिनाउ सुन चाँदी पसलमा गत जेठ १७ गते राति भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको पाइएको छ । 


    घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक (साहु) दीपक सेन्चुरी विक र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।
    दीपक र नवीन आफन्त नातेदार हुन् । 


    चोरी भएको भनिएको मध्ये ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद भएको एसपी शाहीले बताए । पसलका सञ्चालक दीपक सेन्चुरीले करिब ७० तोला बराबरको सुनका गहना र काचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए । 
    रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर सटरलाई एक फुट माथि तानेर चोरभित्र पसेको, सुन र गहना राखिएको लकरको तालालाई करिब ५० वटा फरक फरक चाबी प्रयोग गरेर लिएर गएको पाइएको थियो ।


    पसल चोरी हुँदाको समयमा सञ्चालक दीपक सेन्चुरी पोखरा गएको प्रहरीलाई बताए पनि अनुसन्धानबाट उनी बुटवलमै भएको खुलेको छ । बजारमा जडान भएको सिसिटिभी फुटेजमा पसल चोरी गर्नुअघि दीपक र नवीन चिडियाखोलाको एक रेष्टुरेण्टमा बसेर मदिरा खाएको देखिएको छ । त्यपछि दीपक एक्लै पसलमा आएर ताला तोडेर सुनचाँदी चोरी गरेर तिनाउ पुल हुँदै पारी बुटवलतर्फ गएको र केही समयपछि सिद्धबाबा मन्दिर हुंदै पाल्पातर्फ लागेको सिसिटीभीले देखाएको छ । दीपकले पहिल्यै चार पांग्रे गाडी सिद्धबाबा मन्दिर नजिकै राखेर पसल चोरी गर्न आएका थिए । 
    पसलको सीसीटिभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको प्रहरीको अनुमान थियो । चोरीको घटना जेठ १७ गते राति भए पनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर सोमबार साँझ अबेर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए ।


    चोरीको घटनापछि पसल सञ्चालक दीपकले एक करोड ४६ लाख ९४ हजार सात सय बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको बताएका थिए । पसलको बिमा दाबी गर्न र अन्य मानिसहरुले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोंची योजनाबद्ध रुपमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको छ ।


    दीपक र नवीनलाई पक्राउ गरी अपराधिक विश्वासघात मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।


    उक्त पसल भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा छ । पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए । प्रारम्भिक अनुसन्धानमा पसलको सीसीटिभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको थियो ।


    सोहीअनुसार प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सञ्चालक र आफन्तसमेत रहेका कर्मचारी नवीनको नै संलग्नता भेटिएको श्रीवास्तवले बताए । 


    पसलको च्यानल गेटको ताला र पसलभित्र सुनका गहना र सुन राखेको निकै बलियो लकर खोल्न खासै बल र औजारहरु प्रयोग गरेको नदेखिएकाले  घटनामा पसलसँग सम्बन्धित व्यक्तिको संलग्नताको आशंका गरेर त्यही कोणबाट अनुसन्धान गर्दै जाँदा चोरीको ८औं  दिनमा दीपक र नवीनको संलग्नता पुष्टी भएको डीएसपी श्रीवास्तवले बताए । 
    बुटवल बजार क्षेत्रको सीसीटिभी फुटेजको सहयोगले दीपक र नवीन आफ्नै पसल चोरीमा संलग्न भएको पोल खुलेको डीएसपी श्रीवास्तवले बताए । दीपक र नवीन आफन्त नातेदार हुन् । पसल सञ्चालक दीपकले भनेअनुसार परिमाणको सुन अझै फेला नपरेकाले यो घटनामा थप अनुसन्धान जारी रहने उनले बताए । यो घटनाको अनुसन्धानमा जिल्ला र प्रदेश प्रहरी कार्यालयको समेत समन्वय र सहयोग रहेको श्रीवास्तवले बताए । 
     पसल सञ्चालक र कर्मचारीकै संलग्नतामा यति ठूलो चोरीको घटना हुँदा समग्र सुनचाँदी व्यसायीको इमान्दारिता र व्यवसायिक छविमा गम्भीर धक्का लागेको व्यवसायीहरुले बताएका छन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij