२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राममा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिताः ३० मिनेटमा करिब ३ क्यून्टिल प्याष्टिकजन्य फोहोर संकलन

रामग्राममा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिताः ३० मिनेटमा करिब ३ क्यून्टिल प्याष्टिकजन्य फोहोर संकलन

रामग्राममा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिताः ३० मिनेटमा करिब ३ क्यून्टिल प्याष्टिकजन्य फोहोर संकलन

रामग्राममा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिताः ३० मिनेटमा करिब ३ क्यून्टिल प्याष्टिकजन्य फोहोर संकलन

रामग्राममा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिताः ३० मिनेटमा करिब ३ क्यून्टिल प्याष्टिकजन्य फोहोर संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्लाष्टिकजन्य फोहर टिप्ने प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा करिव ३ क्वीन्टल प्याष्टिकजन्य बस्तु संकलन गरिएको हो । बुद्धचोक परासीमा आयोजित कार्यक्रममा आधा घण्टाको समयमा २ क्यून्टिल ९३ किलो ९३० ग्राम फोहर प्याष्टिक संकलन गरिएको हो । 

    प्रतियोगितामा ७ वटा विभिन्न समूहका ४९ जनाले बुद्धचोक आसपासबाट फोहर प्लाष्टिक संकलन गरेका हुन् । प्रतियोगितामा बियर फुट तेक्वान्डो समूहले ६९ किलो ६०० ग्राम प्लाष्टिकजन्य फोहर टिपेर प्रथम भएको छ । यस्तै इन्डिगो पेन्टस् समूहले ४८ किलो ३८० ग्राम फोहर प्लाष्टिक टिपेर द्वितीय भएको छ । त्यसैगरी नेपाल कमिर्सियल आर्टिष्ट संघ नवलपरासी समुहले ४५ किलो ८०० ग्राम प्लाष्टिकजन्य फोहर टिपेर तृतीय स्थान प्राप्त गरेको हो । 

    कार्यक्रममा परासी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, रामग्राम नगरपालिकाको सरसफाई कर्मीहरु, रामग्राम जेसीज बर्ष २०२६ र परासी टेक्वान्डो डोजाङ्ग समुहको सहभागिता रहेको थियो । 

    प्रतियोगितामा सफल हुने समूह र सहभागी हुने समूहहरुलाई नगद र कपडाको झोलाले पुरस्कृत गरिएको छ । सफल हुने तीनवटा समूहलाई बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २१ वटा कपडाको झोला प्रदान गरेको हो ।  

    त्यसअघि खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीका प्रमुख दिनेश प्रसाद शाहको अध्यक्षता र रामग्राम नगरपालिकाकी नगरउपप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । 

    खानेपानी तथा सरसफाई कार्यालय र परासी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना र डिभिजन वन कार्यालय नवलपरासी, रामग्राम नगरपालिका परासी, स्वास्थ्य कार्यालय परासी र लुम्बिनी एग्रो इन्भारोमेन्ट ल्याव प्रालीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको खानेपानी उपभोक्ता संस्था परासीका अध्यक्ष दिनेश उपाध्यायले बताए । 

    राष्ट्रिय सरसफाई सप्ताह २०८३ को अवसरमा आयोजना गरिएको कार्यक्रमको संयोजन तथा व्यवस्थापन सामुदायिक रेडियो परासी ९०।२ मेगाहर्जले गरेको संस्थाका अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिए ।सामुदायिक रेडियो परासीले सरसफाई सप्ताहको कार्यक्रमलाई समेटेर आगामी असार १५ गते “खानेपानी र सरफाईमा हाम्रो प्रतिवद्धता ” नामक बुलेटिन प्रकाशन गर्ने तयारी थालेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij