२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक सञ्जालको बन्धनमा समाज

सामाजिक सञ्जालको बन्धनमा समाज

सामाजिक सञ्जालको बन्धनमा समाज

सामाजिक सञ्जालको बन्धनमा समाज

सामाजिक सञ्जालको बन्धनमा समाज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • दिनभर व्यवसायिक र पेशागत कामले घर बाहिर रहेका पति–पत्नी हुन् वा बाबु–छोरा वा परिवारका अरु कोही । परिवारका सदस्य घरमा आएपछि व्यवसायिक र पेशागत कामकाजका कुरा, घरपरिवार, छरछिमेक र आफन्तजनका कुरा हुनुपर्ने हो । अचेल परिवारका सदस्यबिचमा पेशागत र व्यवसायिक मात्रै होइन्, परिवार र आफन्तका बारेमा सोधखोज कुराकानी हुन छाडेको छ । परिवारका जो कोही घरमा आउने बित्तिकै हतार–हतार कपडा फे¥यो, हातखुट्टा धोएर बस्यो अनि वाइफाई जोडेर स्मार्ट फोनमा सामाजिक सञ्जाल चलाएर बस्ने प्रवृत्ति बढ्दै जाँदा एक आपसमा कुराकानी हुनै छाडेको छ । छोराछोरी विद्यालयबाट फर्केपछि घरमा झोला बिसाउन नपाउँदै मोबाइल चलाउँछन् । खाजा खाना खाँदा मोबाइलमा विभिन्न कमेडी, कार्टुन र अरु गतिविधि हेर्नै पर्ने अवस्थाले उनीहरुको दैनिकी बिथोलिदिएको छ ।


    स्मार्टफोनको विकास र सामाजिक सञ्जाल सूचना प्रवाहको प्रमुख माध्यमको रुपमा विकास हुँदै जाँदा नेपाली समाजलाई नराम्ररी गाँजेको छ । सामाजिक सञ्जालको प्रयोगले कतिपय राम्रा काम भएका छन्, विपदमा परेकालाई उद्दार र राहत, राजनैतिक र सामाजिक अभियान चलाउन प्रभावकारी भएको देखिन्छ । तर यो प्रभावकारिताभन्दा बढी पारिवारिक वातावरण बिथोलिदिएको छ । परिवारका सदस्यहरु एकैठाउँ बस्दा आ–आफ्नै मोबाइलको स्क्रिनमा व्यस्त हुने प्रवृत्तिले समाजमा मान्छेलाई एक्लो बनाएको छ । संवादविहीनताको अवस्थाले आपसमा समझदारी र समन्वयको वातावरण धुमिलिएको  छ ।


    विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब २८ करोड मानिसले मानसिक समस्या झेलिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार, नेपालमा नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ । कोभिडअघि नै मन्त्रालयको तथ्यांकमा २ लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या भेटिने गरेको थियो । कोभिडका कारण यो संख्या बढे पनि तथ्यांक आइसकेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ अनुसार, नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । विश्वभर लगभग २० प्रतिशत बालबालिका तथा किशोर–किशोरीमा भावनात्मक, व्यवहारिक तथा अन्यखाले मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन् । स्मार्ट फोनको अत्याधिक प्रयोगले नेपाली समाजलाई अझै धेरे बिथोलेको सहजै अनुमान गर्न सकिन्छ ।


    सामाजिक सञ्जालमा विचारभन्दा बढी छटपटी देखिन्छ ।  सामाजिक सञ्जालमा  सहानुभूति र ढाडस दिनेभन्दा मजाक र  खिसिट्युरी गर्ने बढ्न थालेका छन् । अझ अरुको धारणा चित्त नबुझे अश्लिल गालीगलौज गर्ने भेटिन्छन् ।  प्रविधिले समाजलाई झनै नजिक गराउनुपर्ने हो, तर  अहिले समाजमा अपत्यारिलो ढंगले खाडल बढ्न लागेको छ । अरुका विचार र धारणा चित्त नबुझे शालिन ढंगले विरोध गर्न सकिन्छ, तर त्यसो नगरी उग्र र अराजक ढंगलको असहमति र अश्लिल गालीगलौजले नेपाली समाजलाई कता लैजाँदैछ ? जातीय, लैंगिक र धर्मको विषयलाई ख्यालठट्टा र मजाक बनाउनु तथा असहिष्णु बन्नुले सामाजिक एकता र सद्भावमा खलल् पु¥याएको छ । नेपालको बहुजातीय र बहुभाषिक समाज आपसमा सद्भावपूर्ण ढंगले मिलेर  बसेको अनुकरणीय समाज हो । समझदारीका साथ खुशीले बाँचेको समाजमा अहिले असहिष्णुता र अराजकताको आगो बल्ने माध्यम स्मार्ट फोन र सामाजिक सञ्जाल बन्दैछ । 


    सामाजिक सञ्जालको बन्धनबाट समाजलाई बाहिर निकालेर सद्भाव, एकता, भाइचारा र पारिवारिक मेलमिलाप तथा स्नेहको वातावरण बनाउन पहलकदमी लिनुपर्छ । डिजिटल साक्षरता बढाएर अनावश्यक ढंगले सञ्जाल चलाएर समय खर्च गर्ने होइन्, यो हाम्रो मस्तिष्कको बोझ हुँदै हो, परिवार र समाजको बोझ हो भन्ने बुझाईलाई विस्तार गर्न सक्दा मात्रै नेपाली समाजको मौलिकता जोगिन सक्छ । समाजलाई अँध्यारो मार्गमा जानबाट रोक्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij