२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा ८ संगमटोलमा सरसफाई

तिलोत्तमा ८ संगमटोलमा सरसफाई

तिलोत्तमा ८ संगमटोलमा सरसफाई

तिलोत्तमा ८ संगमटोलमा सरसफाई

तिलोत्तमा ८ संगमटोलमा सरसफाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • तिलोत्तमा । तिलोत्तमा नगरपालिका–८ संगमटोलबासीले आफ्नो टोल सरसफाई  गरेका छन् । टोललाई सफा र स्वच्छ राख्ने उद्देश्यले टोल विकास संस्थाको आयोजनामा जनभावना चोकदेखि करहिया सामुदायिक वन अगाडिको सडक हुंदै प्रदीपनगर डांडासम्म सरसफाई गरिएको हो । 
    टोलका सडक, नाली तथा सार्वजनिक स्थलमा हुने फोहोरका कारण वातावरण प्रदूषण नहोस् भन्ने उद्देश्यले समुदायस्तरबाट सरसफाइ गरिएको संस्थाका अध्यक्ष बाबुराम खरेलले बताए । 
    फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले नियमित अनुगमन र आवश्यक पूर्वाधार व्यवस्थापनमा ध्यान दिनुपर्ने टोलवासीको माग छ । 
    स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका संगम दिदी बहिनी समूहकी अध्यक्ष संगिता घिमिरेले बताइन् ।  कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार युवराज न्यौपाने, पत्रकार टिआर शर्मा लगायतको उपस्थिति थियो ।  
    तिलोत्तमा नगरपालिकाले पनि सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij