२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नागरिकलाई बाँच्न देऊ सरकार

नागरिकलाई बाँच्न देऊ सरकार

नागरिकलाई बाँच्न देऊ सरकार

नागरिकलाई बाँच्न देऊ सरकार

नागरिकलाई बाँच्न देऊ सरकार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • गरिब हुनु कसैको रहर हुँदै होइन् । उनीहरुको पनि बाँच्ने अधिकार हुन्छ । बाँच्नकै लागि उनीहरु सडकमा विभिन्न पेशा र व्यवसायमा संलग्न हुन्छन् । उनीहरुसँग लगानी गर्ने पुँजी छैन । जीविकोपार्जनको कुनै माध्यम छैन । जेनतेन सडकमा बाँच्ने आधार जुटाउने गरिबप्रति राज्य अनुदार हुनु निन्दनीय छ ।


    सुर्खेतमा काफल बेच्दै गरेकी महिलाको काफल फ्याकेर अमानवीय काम भयो । काठमाडौंमा मकै पोल्दै गरेकी महिलाको ठेला खोसेर अमानवीय क्रियाकलाप भयो । पछिल्लोपटक कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेर निन्दनीय काम गरेका छन् । गोदावरी नगरपालिका–४ को बाँसपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न पुरानो टेम्पो गोदावरीकै धनादेवी धामीले प्रयोग गरेकी थिइन् ।  टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसाली  दिएको धामीको भनाइ छ ।  डिभिजन वन कार्यालयका कर्मचारीले नियतबश नभई अतिक्रमण पन्छाउँदा टेम्पो खसेको बताएका छन्, तर टेम्पो खसेको भिडियो हेर्दा जबर्जस्ती टेम्पो धकेलेर भीरबाट फालेको देखिन्छ ।


    पहिले रिक्सा भीरबाट खसाइएको रहेछ । अहिले टेम्पो खसाइयो । टेम्पोमा सामान ल्याएर बिक्री गर्ने र साँझ घर जाने गरी व्यवसाय गर्दा वनका कर्मचारीले सम्झाइबुझाई गर्न सक्थे । तर सडकमा हुने व्यापार रोक्ने नै हो भने त्यो हटाउने काम सडक डिभिजनको काम हो । प्रक्रियागत ढंगले वनका कर्मचारीले गल्ती गरे । अर्को कुरा अतिक्रमण गरी व्यापार गरेको भए पनि भीरबाट टेम्पो खसाल्नु अमानवीय काम हो । कानुन प्रयोग र कार्यान्वयन गर्ने निकायले कानुन हातमा लिने कामले सुशासन दिँदैन । सामाजिक सञ्जालमा भीरबाट खसिरहेको टेम्पोमा भइरहेको आलोचनापछि प्रहरीले १० कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अब प्रहरीले टेम्पो आफँै खसेको हो वा खसाइएको हो, प्रष्ट छानबिन गर्नुपर्छ । खसाइएको हो भने वन कर्मचारीलाई कानुनअनुसार कारबाही हुनुपर्छ ।


    अहिले सरकारलाई केही नयाँ काम गर्ने हुटहुटी छ । संघीय सरकारको नयाँ काम गर्ने हुटहुटीपछि प्रदेश र स्थानीय सरकार पनि दबाबमा छन् । काम गर्ने हुटहुटीमा ढंग पुग्दा राम्रो नतिजा निस्कन्छ । काम गर्ने ढंग नपुग्दा नतिजा प्रतिकुल आउँछ । राज्यले कानुन हातमा लिएर अमानवीय क्रियाकलाप गर्दै जादा नागरिक प्रतिरोध बढ्दै जान्छ । अन्ततः सरकार कमजोर हुन्छ । जनमतको बल राम्रो गर्नका लागि हो, प्रतिरोध बढ्दै गए चुनावमा प्राप्त शक्ति कमजोर बन्न अर्को चुनाव कुर्न पर्दैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij