२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा र झोला वितरण

गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा र झोला वितरण

गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा र झोला वितरण

गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा र झोला वितरण

गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा र झोला वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • अर्घाखाँची । सितगंगा नगरपालिका–१३ ले आफ्नो वडाभित्र रहेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त खानेकुरा सहित झोला वितरण गरेको छ।

    कार्यक्रममा बोल्दै वडा नम्बर १३ का अध्यक्ष दुर्गा बहादुर बिसीले वडामा स्थायी रूपमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए। उनले गर्भवती, सुत्केरी महिला तथा बालबालिकाप्रति स्थानीय सरकार र जनप्रतिनिधि जिम्मेवार तथा प्रतिबद्ध रहेको उल्लेख गरे।

    अध्यक्ष बिसीले आफू निर्वाचित भएपछि वडाको समग्र विकासका लागि रचनात्मक तथा सकारात्मक कार्यलाई प्राथमिकता दिँदै आएको बताए। भौतिक पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा पनि विशेष ध्यान दिइएको उनको भनाइ थियो।

    सो अवसरमा २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने कुपोषणको जोखिममा रहेका ९ जना विद्यार्थीलाई ‘हलेस’ उपलब्ध गराइएको जानकारी दिइयो। साथै प्रत्येक विद्यार्थीलाई साबुन वितरण गरिएको थियो। वडा अन्तर्गतका टोल सुधार समितिका महिला स्वयंसेविकालाई डस्टबिन प्रदान गरिएको तथा सामुदायिक विद्यालयहरूमा समेत डस्टबिन वितरण गरिएको जनाइएको छ।

    वडा सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij