परासी । पश्चिम नवलपरासीमा विद्यार्थीलाई लक्षित उपभोक्ता अधिकार सम्बन्धी सचेतना अभियान थालिएको छ । रामग्राम नगरपालिकाकाको सहयोग तथा उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको आयोजनामा विद्यार्थीलाई लक्षित उपभोक्ता अधिकार सम्बन्धि सचेतना थालिएको हो गरिएको हो ।
विद्यार्थीमार्फत उपभोक्ता अधिकार सम्बन्धि सचेतना दिई सामाज र अभिभावकलाई सचेत गराउने उदेश्य ले उपभोक्ता अधिकार सम्बन्धि विद्यार्थीलाई सचेना प्रदान गरिएको उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।नवलपरासी तीन वटा बिद्यालयमाका विद्यार्थीहरूलाई उपभोक्ता अधिकार सम्बन्धि सचेतना प्रदान गरिने कार्यक्रम रहेको बताए ।लिटिल एञ्जल्स मावि ,पवन मावि र जनता मावि सुक्रौली विद्यालयका विद्यार्थी उपभोक्ता अधिकार सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने जानकारी दिए ।
उक्त विद्यालायमा उपभोक्ता हितसंरक्षण मञ्च केन्द्रीय सदस्य रामजी ज्ञवालीले तीन दिनसम्म उपभोक्ता अधिकार सम्बन्धी सचेतना प्रशिक्षण दिने अध्यक्ष भोजराज बराकोटीले बताए ।
पहिलो दिन
लिटिल एञ्जल्स माविका बिद्यार्थीहरूलाई उपभोक्ता अधिकार सम्बन्धि सचेतना प्रदान गरिएको बताए ।
विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुन्छन्, घरपरिवार र समुदायमा पनि पुर्याउँछन्’, उनले भने , ‘प्रशिक्षणमा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवीले विद्यार्थीलाई सहजीकरण गर्छन् ।‘ हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्ने अध्यक्ष बराकोटीले बताए ।




