सुनवल । सुनवल ४, नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाइटेड अंग्रेजी आवासीय मा . वि मा राष्ट्रिय सेवा दल तालिमको सन्दर्भमा गोरखदल गण रामग्राम, नवलपरासीका गणपति प्रमुख सेनानी श्री सुरेन्द्रजंग थापाज्यूबाट प्रथम प्रवचन सहित तालिम सुरुवात गरिएको छ । उक्त प्रवचन कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक धनराज चापागार्इं, गोरखदल गणका उपसेनानी प्रभा बस्नेत, शिक्षक, शिक्षिका तालिम प्रदान गर्ने सैन्य शिक्षकहरु, अभिभावकज्यूहरु, छनौट भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त तालिम जिल्ला सदरमुकाम परासीमा अवस्थित गोरखदल गणको समन्वयमा ३ महिनासम्म विद्यालयमा सञ्चालन गरिने गोरखदल गण परासीले जनाएको छ ।
यस्तै सुनवल युनाइटेड अंग्रेजी आवासीय मा.वि ले जिल्ला कराते महासंघ नवलपरासी द्वारा सुनवल –०३, किर्तिपुरमा आयोजना गरेको वडा अध्यक्ष कप कराँते प्रतियोगितामा सहभागी भई विभिन्न विधामा पुरस्कृत हुन सफल सम्पूर्ण ७ जना विद्यार्थीहरुलाई विद्यालयमा एक कार्यक्रमबिच सम्मान गरेको छ । विद्यालयबाट सहभागी ११ जनामध्ये विभिन्न तौल समुह र कातातर्फ गरी ७ जना विद्यार्थीहरुले ८ वटा पदक प्राप्त गर्न सफल भएका छन । जसमध्ये विद्यार्थी सृजन राना (४५ के.जी तर्फ द्वितीय, काता तर्फ तृतीय), रिजन गाहा (काता तर्फ द्वितीय), रिजन पौडेल (३५ के.जी तर्फ द्वितीय), नामसिन सारु (२५ के.जी तर्फ द्वितीय), सुदिप बस्याल (४५ के.जी तर्फ तृतीय ), मान्भी न्यौपाने (३५ के.जी तर्फ तृतीय) र रुचिका बौडेल (३० के.जी तर्फ तृतीय हुन सफल भएका थिए । विद्यालयका प्रिन्सिपल धनराज चापागाईले विद्यार्थीहरुलाई खादा, मेडल, प्रमाणपत्र प्रदान गर्दै सम्मान सहित बधाई दिनुभएको थियो भने विद्यालयका अतिरिक्त क्रियाकलाप विभागको सहजिकरणमा सम्मान कार्यक्रम आयोजना भएको जनाइएको छ ।




