परासी । पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिकाले २१ औं गाउँ सभा मार्फत बार्षिक निति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले कृषि क्षेत्र स्वास्थ्य ,शिक्षा पर्यटन प्राथमिकता दिएको बताए ।
उनले कृषिलाई उच्च प्राथमिकता दिदै कृषि उत्पादनमा जोड दिएकाे बताउदै ,पर्यटन बिकासकाे लागि नन्दनताल पाल्हि मन्दिर संरक्षण भिजिट पाल्हिनन्दन अभियान संचालन गर्ने बताए ।
शिक्षातर्फ सिकन र सिकाउन लागि पढाै शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम संचालन र पढाईसगै् सीप विकास कार्यक्रम संचालन गर्ने महिला स्वाराेजगार कार्यक्रम ,लैग्डि्क हिन्साबाट प्रभावित महिलालाई अलपकालिन अश्रय सहित सेवा केन्द्र स्थापना गर्नेबताए । गुप्ताले स्वास्थ तर्फ म स्वास्थ मेराे समुदायमा स्वास्थ अभियान संचालन भला कुसारी कार्यक्रम बालकाेष स्थापना गर्ने जानकारी दिए ।
कृषि क्षेत्रमा कृषि एम्बुलेन्स संचालन ,पाल्हिनन्दन किसान कल सेन्टर संचालन गरिने र खानेपानी क्षेत्रमा एक घर एक धारा कार्यक्रम हुने पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश गाैडले बताए ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले आर्थिक बर्ष २०८३/८४ का लागी कुल बजेट ५१ कराेड २५ लाख दुई हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिईन ।उनकाे अनुसार चालु तर्फ ३२ कराेड २५ लाख ,पुँजिगत १८ कराेड ८६ लाख ३० हजार रहेकाे जानकारी दिईन।
बजेट प्रस्तुत गर्दै उनले-" बितिय सामानिकारण अनुदान तर्फ ११ करोड २४ लाख, सशर्त तर्फ २१ करोड ६ लाख , समपुरक अनुदान ३० लाख , १५ लाख , राजस्व बाडफाड तर्फ ९कराेड ८ लाख , प्रदेश सरकारबाट बितिय अनुदान तर्फ ७८ लाख ९० हजार रकम रहेकाे छ ।
सभामा जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गरेकाे छ ।तीन जना कर्मचारीलाई नगसहित दाेसल्लाह प्रमाणपत्र सहित सम्मान गरिएकाे छ ।
सर्वाेकृष्ट सेवा प्रवाह गरेकाे भन्दै लेखा अधिकृत संजय कुमार शर्मालाई रूएक लाख नगद प्रमाणपत्र र उत्कृष्ट सेवाह गरेकापत प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गाैडलाई रू नगद ९५ हजार प्रमाणपत्र तथा विपत व्यवस्थापन र प्रशानिक कार्यमा सेवा प्रवाह गरेबापत प्रदि कुमार तिवारीलाई नगद रू ४० हजार रूपैया प्रमाणपत्र सहित सम्मान गरिएकाे पालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले जानकारी दिईन ।




