२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिर्जना फार्म (एग्रो रिसोर्ट) का ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने

सिर्जना फार्म (एग्रो रिसोर्ट) का ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने

सिर्जना फार्म (एग्रो रिसोर्ट) का ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने

सिर्जना फार्म (एग्रो रिसोर्ट) का ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने

सिर्जना फार्म (एग्रो रिसोर्ट) का  ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  •  बुटवल । पाल्पाको रिब्दिकोट गाउंपालिकमा सञ्चालित सिर्जना फार्म (एग्रो रिसोर्ट) र लुम्बिनी केबलकार लि. बुटवलबीच पर्यटन प्रवद्र्धन सम्झौता भएको छ ।

    सम्झौता अनुसार लुम्बिनी केबलकारले सिर्जना फार्मका पाहुना तथा ग्राहकलाई केबलकारको टिकटमा १० प्रतिशत तथा रिसोर्टका सञ्चालक र कर्मचारीलाई २० प्रतिशत छुट दिने छ । साथै दुबै संस्थाबीच एक आपसमा दुबै ठाउंको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने छन् ।

    ५ सय रोपनी क्षेत्रफल रहेको सिर्जना फार्म पाल्पाको सबैभन्दा ठूलो पर्यटकीय गन्तब्य हो ।  यहाँ बाट नजिकैमा भैरबस्थान मन्दिर, रुरु ऋषिकेश मन्दिर रिडि र रानिमहल पर्छन् । फार्ममै पालिएका भैंसीको दुध तथा  खसी बोका, कुखुराको मासु तथा फार्ममै उत्पादित अर्गानिक तरकारी फलफूलका कारण यहां वर्षेनी हजारौं पर्यटक जाने गर्छन् ।  

    सिर्जना फार्ममा गएका आन्तरिक तथा वाह्य पर्यटकले केबलकारको टिकटमा छुट पाउन त्यहां गएर बसेको कुनै न कुनै प्रमाण देखिने कागजात टिकट काउन्टरमा देखाउनुपर्नेछ । 


    लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू र म्यानेजर प्रज्व्ल घिमिरे तथा सिर्जना फार्मका मार्केटिङ म्यानेजर कमल प्रसाद पौडेल बीच बुधबार केबलकारको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरी एक आपसमा  आदान प्रदान भएको छ ।  


    सम्झौतापछि सिर्जना फार्मका मार्केटिङ म्यानेजर कमल प्रसाद पौडेलले लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोस्रो लामो दूरीको लुम्बिनी केबलकारसंगको सम्झौताले आफना ग्राहकले समेत छुट पाएर लाभान्वित हुने बताए । 


    सो अवसरमा केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक प्रविधि र सुरक्षित   केबलकार भएको बताए ।

    एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्ने केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुर डांडामा छ । त्यहां प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर,  जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, रेष्टुरेन्ट,  सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।  
    प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम बसन्तपुरमा गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा पर्यटकको रोजाइको थलो बनेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij